प्रचण्डले आफूलाई तुलना गरेका सम्राट आशोक को थिए ?

२५ मंसिर ८०, मंगलबार

२६ मंसिर,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट अशोकसँग तुलना गर्दै बुद्धको दर्शन, शिक्षा, सन्देश विश्वभर फैलाउन सकिने आत्मविश्वास व्यक्त गरेका छन् । युद्धबाट शान्तिमा आएका आशोक र आफूबीच एक खालका संवेदना जोडिएको दाबी गर्दै उनले शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमान्दारितापूर्वक ग्रहण गर्ने विश्वास दिलाए ।

‘युद्धबाट शान्तिमा आएपछि शान्तिलाई विश्वव्यापी बनाउनका निम्ति सम्राट् अशोकसँग कहीँ न कहीँ मेरो एक खालको संवेदना जोडिएको कै पाउँछु । पहिलोपटक लुम्बिनी आउँदा मैले यो कुरा भनेको थिएँ । युद्धका एक कमान्डर अशोकले शान्तितिर आएर लुम्बिनीमा अशोक स्तम्भ राखेर बुद्धको सन्देश संसारभर लैजान पहल गरेकोबाट म उत्प्रेरित छु ।

यो कुरा साँचो हो मलाई त्यसबाट प्रेरणा प्राप्त छ । मैले यसअघि र अहिले विश्व समुदायमा शान्तिका लागि गरेको अपिलसँग अशोकको पहल र मेरो भावना मेल खाएको देख्छु । मानिसले विभिन्न अर्थ लगाउँछन् लोकतन्त्रमा भन्न सबैलाई छुट छ’, मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन् ।

Advertisement

संवेदनशील भूमि रामाग्रामको स्तूपा अगाडि उभिएर शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमानदार र दृढतापूर्वक ग्रहण गर्न लागिराख्ने विश्वास उनले दिलाए । त्यति धेरै लडाइँबाट आएको मान्छेले बुद्धलाई स्थापित गर्न सक्छ भने आफू त एउटा सानो युद्धबाट आएको मान्छेले धेरै गर्न सक्छ भन्ने आत्मविश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रचण्डले आफूसँगै तुलना गरेका सम्राट अशोक भने प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा हिन्दुकुशको की श्रेणीदेखि लिएर दक्षिणमा गोदावरी नदीको दक्षिण तथा मैसूरसम्म तथा पूर्वमा बंगालदेखि पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो।

सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा बौद्ध धर्मको प्रचारको लागि जानिन्छ । जीवनको उत्तरार्धमा अशोक गौतम बुद्धको भक्त भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खडा गरीदिए जो आज पनि नेपालमा उनको जन्मस्थल ( लुम्बिनीमा मायादेवी मन्दिरको छेउमा अशोक स्तम्भको रुपमा देख्न सकिन्छ।

उनले बौद्ध धर्मको प्रचार भारत लगायत श्रीलंका, अफगानिस्थान, पश्चिम एसिया, इजिप्ट तथा ग्रीकमा पनि गराए । सर्वप्रथम अशोक आफ्नो पिता र हजुरबुवाको पदचिन्हहरुमा हिड्दै सम्पूर्ण भारतीय प्रायद्धिपको बिजयलाई पूरा गर्नमा लागिरहे । ई.पू. २५५ मा उनले पूर्वि तट स्थित कलिङ राज्यमा आक्रमण गरे आफ्नो सैनिक अभियानमा सफल रहे ।

विजेताहरुको बीचमा एक्लै उनी युद्धको क्रुरता र आतंकसँग यति घृणा गर्न थाले कि उनले यसको परित्याग गरिदिए । अब भविष्यमा कुनै युद्ध नलड्ने भन्दै उनले बौद्ध धर्मको शान्तिपूर्ण सिद्धान्तहरुलाई अपनाए र घोषणा गरे की अबदेखि उनको विजयमा धर्मको विजय हुनेछ ।

बौद्ध धर्म स्वीकारेपछि उनले शिकार तथा पशु–हत्या गर्न छोडिदिए। उनले ब्राह्मण तथा अन्य सम्प्रदायका सन्यासीहरूलाई खुलेर दान दिए। जनकल्याणको लागि उनले चिकित्सालय, पाठशाला तथा सडक आदिको निर्माण गराए। उनी बौद्ध धर्मको प्रचारको लागि नै नेपाल आएका थिए ।

उनले यस कामको लागि आफ्नो छोरा र छोरीलाई पनि यात्राहरूमा पठाएका थिए । अशोकले लगभग ४० वर्ष सम्म शासन गरे त्यसपछि लगभग २३२ ईसापूर्वमा उनको मृत्यु भएको थियो । प्रचण्ड माओवादीको १० वर्ष शसस्त्र यद्धका सर्वाेच्च कमाण्डर हुन् । त्यस क्रममा राज्य र माओवादी तर्फबाट गरी १७ हजार मानिसको मृत्यु भयो ।

२०६३ मंसिर ५ गतेको वृस्तीत शान्ति सम्झौतापछि हतियार राज्यलाई बुझाएर शान्तिपूर्ण राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले समेत गरी तीन पटक देशको कार्यकारी पद प्रधानमन्त्रीमा आसिन भईसकेका छन् भने ३४ वर्षदेखि पार्टीको नेतृत्वमा छन् । प्रचण्डका परिवारका सदस्य पनि राजनीतिमा नै सक्रिय छन् । उनी धर्मपत्नी, एक मात्र छोरा र एक छोरीको वियोगमा छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top