फेब्रुअरी १ मा रोनाल्डो भर्सेस मेसी

२५ मंसिर ८०, मंगलबार

२६ मंसिर, एजेन्सी ।
अमेरिकी मेजर लिग सकर (एमएलएल)को टिम इन्टर मियामीले प्रि–सिजन एसिया भ्रमणमा साउदी अरेबियन क्लब अल नासर र अल हिलालसँग खेल्ने भएको छ । मियामीले मंगलबार सामाजिक सञ्जालमार्फत प्रि–सिजन एसिया भ्रमणमा साउदी अरेबियाका दुई शीर्ष क्लबसँग खेल्ने पुष्टि गरेको हो ।

योसँगै फुटबल खेलका दुई महान हस्ती लियोनेल मेसी र क्रिष्टियानो रोनाल्डो झन्डै एक वर्षपछि आमने–सामने हुने भएका छन् । मेसी र रोनाल्डो सर्वकालीन फुटबलका महान खेलाडी हुन् । यी दुवैका करोडौं समर्थक रहेका छन् । मेसीले मियामीको कप्तानी सम्हालिरहँदा रोनाल्डो अल नासरका कप्तान हुन् ।

यो खेल आगामी वर्षको फेब्रुअरी १ मा हुनेछ । त्यसअघि मियामीले ब्राजिलियन फरवार्ड नेइमारको टिम जो साउदी प्रो लिगको शीर्षस्थानमा रहेको छ, अल हिलालसँग खेल्ने छ । यो खेल जनवरी २९ मा हुनेछ । यो टोलीमा ब्राजिली स्टार नेयमार रहेपनि उनी चोटका कारण यस खेलमा उपस्थित हुनेछैनन् ।

Advertisement

यी दुवै खेल रियादस्थित किंगडम एरिना रंगशालामा हुनेछ । प्रि सिजनमा मेसीको कप्तानीमा रहेको इन्टर मियामीले साउदीका दुई क्लबसँग राउन्ड रोविन लिगको आधारमा रियाद सिजन कप खेल्ने पुष्टि गरेसँगै मेसी र रोनाल्डोबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।

अल नासरमा रोनाल्डोसँगै साडियो माने, एमेरिक लापोर्टा, एन्डरसन टालिस्का, मार्सेलो ब्रोजोभिच, सेको फोफाना र डेभिड ओस्पिना रहेका छन् । रोनाल्डो र मेसीको अन्तिम भेट पनि गत जनवरी १९, २०२३ मा मैत्रीपूर्ण खेलमा भएको थियो । त्यहा मेसीको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोनाल्डोको रियाद अल–स्टार्स इलेवनसँग खेलेको थियो ।

इंग्लिस म्यानचेस्टर युनाइटेडबाट बाहिरिएपछि रोनाल्डोको साउदी अरबमा यो पहिलो खेल थियो, जसमा पिएसजी ५–४ ले विजयी हुँदा दुवै खेलाडीले गोल गरेका थिए । पिएसजी छाडेपछि मेसीलाई साउदी लिगमा खेल्ने प्रस्ताव प्राप्त गरेपनि उनले मियामीसँग सम्झौता गरे ।

जहाँ उनले टोलीलाई लिग कपमा ट्रफी जिताउन नेतृत्व गरे । आफ्नो ऐतिहासिक करिअरमा मेसी र रोनाल्डो ३५ पटक आमने–सामने भएका छन् । जसमा मेसीले १६ पटक रोनाल्डोको १० पटक जितेका छन् । ९ बराबरी भएको छ । मेसीले २१ गोल र १२ असिस्ट दिदा रोनाल्डोले २० गोल र एक असिस्ट दिएका छन् ।

मेसी र रोनाल्डोबीचको पहिलो खेल सन् २००८ मा युइएफए च्याम्पियन्स लिगमा भएको थियो । त्यसबेला रोनाल्डो म्यानचेस्टर युनाइटेडमा तथा मेसी बार्सिलोनामा रहेका थिए । मेसी आफ्नो देशलाई विश्वकप फुटबल जिताउन सफल भईसकेका छन् भने रोनाल्डोले त्यो अवसर पाउन सकेका छैनन् ।

पोर्चुगल सन् १९६६ विश्वकपमा तेस्रो बन्नु नै अहिलेसम्मको ठूलो उपलब्धि हो । मेसीले विश्व फुटबलको प्रतिष्ठित बालेन डि ओर अवार्ड २०२३ सहित सर्वाधिक आठौं पटक हात पारेका छन् भने रोनाल्डोले ५ पटक सो अवार्ड जितेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top