×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मार्न आदेश दिइएको धुर्बे हात्तीको दाह्रा काटियो

२६ मंसिर २०८०

२६ मंसिर, काठमाण्डौ ।
चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा काटेर स्याटलाइट कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर स्याटलाइट कलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हात्तीको घाँटीमा स्याटलाइट कलर जडान गरिएको छ ।

स्याटलाइट कलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताएका छन् । स्याटलाइट कलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेमा जानकारी गराउन सहज हुनेछ । यो जडान गर्नुअघि हात्तीको दाह्रा काटिएको थियो ।

Advertisement
Advertisement

केही वर्ष पहिले आतङ्क मच्चाएर केही समय शान्त रहेको ध्रुवे हात्ती तिहारयता फेरि मानव बस्तीमा पस्न थालेपछि डार्ट गरी स्याटलाइट कलर जडान गरिएको निकुञ्जले जनाएको छ । यस हात्तीले यसअघि मान्छेको ज्यान लिनुका साथै बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्दै आएको थियो ।

२०६६ देखि २०६९ सालबीचमा उक्त हात्तीले त्यस क्षेत्रमा सबैभन्दा बढ्ता जनधनको क्षति पु¥याएको बताइन्छ । धुर्बे हात्ती निकै उग्र भएपछि नेपाल सरकारले त्यसलाई गोली हानेर मार्ने निर्देशन समेत दिएको थियो । सरकारको निर्देशनअनुसार सेनाले कैयौँ पटक प्रयास गरे पनि धुर्बे हात्तीलाई मार्न सकेन ।

तर २०६९ पछि एकाएक गायब भएको उक्त हात्ती अहिले फेरि चितवन राष्ट्रिय निकुञ्जमा देखा पर्न थालेको थियो । केही शान्त रहेको धुर्बे हात्तीले दशैँ तिहारपछि पुनः घरहरू भत्काउने गर्न थालेपछि निकुञ्ज कर्मचारीहरूले त्यसको निगरानी गर्दै आएका थिए ।

लामो समयको प्रयासपछि सोमवार धुर्बे हात्तीलाई डाट गरेर स्याटलाइट कलर जडान गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताएका छन् । सूचना अधिकारी तिवारीका अनुसार कलर जडानपछि धुर्बे हात्तीको चालचलन थाहा पाइने र हात्ती कता छ भन्ने कुरा निकुञ्जको मुख्यालयमा बसेर नै निगरानी गर्न सकिनेछ ।

Advertisement

स्याटलाइट कलर जडानपछि त्यसबारे प्रत्येक एक–एक घण्टामा ती विवरणहरू आउने निकुञ्जका प्राविधिकहरूले बताएका छन् । धुर्बे भाले हात्तीहरूको समूहबाट अलग भएपछि उग्र हुन थालेको निकुञ्जले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, गोविन्दे र हाल पूर्वबाट आएको मकुना लगायतका हात्तीले दुःख दिने गरेको बताइन्छ । चितवन राष्ट्रिय निकुञ्जमा ४० देखि ४५ वटा जङ्गली हात्ती छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top