×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङमा रहेको प्रहरी अस्पताल एक रातामा कसरी इनरुवा पुग्यो ?

२८ मंसिर २०८०

२८ मंसिर,विराटनगर ।
मोरङको बेलबारीमा रहेको नेपाल प्रहरीको कोशी प्रादेशिक अस्पताल रातारात सुनसरी सदरमुकाम इनरुवा सारिएको छ । बेलबारी नगरपालिका–३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल संचालनमा आएको ९ महिनापछि मंगलबार मध्यराति स्थानीय पालिकासँग कुनै समन्वय नगरी इनरुवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सारिएको हो ।

नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारीमा सञ्चालित अस्पताल २०७९ फागुन १० गते आइजिपी धिरजप्रताप सिंहले उद्घाटन गरेपछि संचालनमा आएको थियो । यहाँ दैनिक ३० जनासम्म ओपिडीमा विरामी आउने गरेको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औं तहका चिकित्सकसहित ६० जनाको दरबन्दी थियो ।

Advertisement
Advertisement

९औं तहका एमडिजिपी गरेका डाक्टर डिएसपी, दुई जना मेडिकल अफिसर र स्वास्थ्यकर्मी बसेर अस्पतालमा सेवा दिदै आएका थिए । जनप्रतिनधि, राजनैतिक दल र स्थानीयलाई जानकारी नदिइकन प्रहरीले एक्कासी अस्पताल सारेर सुनसरी लगेपछि स्थानीय र जनप्रतिनिधि आक्रोशित बनेका छन् ।

बुधबार बेलबारी नगरपालिकाले प्रदेश अस्पताल अगाडि पत्रकार सम्मेलन गरेर प्रदेश प्रहरी अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने माग राखेका छन् । त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, बेलबारी नगरपालिकाका उपमेयर नितु थापा, उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिकर्मीको टोलीसहितको उपस्थितिमा अस्पताल सार्ने निर्णाय सच्याइ यथास्थानमा कायम राख्नु पर्ने माग उनीहरुले अगाडि सारेका छन् ।

उनीहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । अस्पताल साविककै स्थानमा कायम गराउन पहल लिइदिन ध्यानाकर्षण गरेको उपमेयर नितु थापा कोइरालाले बताएकी छन् । यस्तै अस्पताल रातारात गरेर इनरुवा सारिएपछि बेलबारी नगरपालिकाले पनि आपत्ति जनाएको छ ।

मंसिर २६ गते मध्यराति सो अस्पताल अपहरण शैलीमा सुनसरी जिल्ला समन्वय समितिमा अनधिकृत रूपमा स्थानान्तरण भएको घटनाति दुःख व्यक्त गर्दै बेलबारी नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।

प्रदेश प्रहरी अस्पताल अनधिकृत रुपमा सारिएको घटनाप्रति बेलबारीका सबै राजनैतिक दलको तर्फबाट नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा ऐक्यवद्धता रहेको भन्दै स्थानान्तरण भएको अस्पताल पुनः सोही ठाउँमा स्थापना गर्न माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा समाजवादी पार्टीको तर्फबाट हस्ताक्षरसहित विज्ञप्ति जारी गरिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारी नयाँ भवनमा सरेपछि राजमार्गसँगै रहेको प्रहरी भवनमा अस्पताल सञ्चालन गरिएको थियो । अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकार समक्ष प्रस्ताव गरेको थियो । त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई बिघा जग्गा दिने सहमतिसमेत जनाएका थिए ।

यता इनरुवाका पूर्वमेयर तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको पहलमा कार्यालयले जग्गा र भवन सहितका संरचना उपलब्ध गराए सँगै कोशी प्रहरी प्रदेश अस्पताल इनरुवा सारिएको बताइएको छ । मेहताले अस्पतालको स्थानान्तरणले इनरूवाको विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन् ।अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापाले बताइन् ।

‘प्रदेशप्रहरी अस्पतालको लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ । चालु आर्थिक वर्षको लागि पनि १० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । यसरी अस्पतालको लागि नगरपालिकाले पनि सहयोग गर्दै आएको थियो । तर, हामीलाई कुनै जानकारीबेगर यसरी मध्यरातमा हस्पिटल सारिएको छ । यो मान्य हुनेछैन,’ उनले भनिन्, ‘हामीले १० करोड बढी लगानी गरेर बेलबारी ४ बुधबारेमा प्रदेश अस्पतालको लागि सुविधा सम्पन्न भौतिक संरचना निमार्णको काम अन्तिमचरणमा पुगेको छ । भौतिक सरंचाना सुविधा सम्पन्न ठाउँमा लैजाने तयारी गरिएको थियो । यसरी रातारात बन्दै गरेको प्रदेश प्रहरी अस्पताल सारिनु लगत छ । यो तत्काल साविकको स्थानमा हुनु पर्दछ ।’

नगरपालिकाले प्रदेश प्रहरी अस्पतालको लागि चिकित्सकको आवासको व्यवस्थापन, अस्पतालको रंगरोगन, अस्पतालमा एयर कण्डिसन पनि जडान गरिएको उनले बताइन् ।पत्रकार सम्मेलनमा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले बेलबारीमै प्रदेश प्रहरी अस्पताल ल्याउनुपर्ने बताए । ‘त्यसका लागि पहल गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराइसकेका छौं,’ उनले भने ।

अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकार समक्ष प्रस्ताव गरेको थियो । त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई बिघा जग्गा दिन सहमत भएका थिए । ‘मैले आफ्नै जग्गा दिने भनेको हुँ । त्यो नभए अहिले नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालमै प्रहरी अस्तपाल संचालन गर्न प्रस्तावसमेत गरिएको थियो । तर उहाँहरू सल्लाह नै नगरी रातारात भाग्नुभएछ,’ उनले भने ।

Advertisement

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी राजेशनाथ बास्तोलासँग बुझ्दा केन्द्रीय कार्यालयबाट निर्देशन भएबमोजिम नै अस्पताल सारिएको जवाफ पाएको सांसद सुवेदीले सुनाए । यता डिआइजी बास्तोलाले प्रदेश भित्रै अस्पताल सारिएको बताए । ‘अन्तर प्रदेशमा सारिएको होइन । यही प्रदेशको अर्को जिल्लामा सारिएको हो,’ उनले भने, ‘साँघुरो संरचना र पुरानो भवनबाट सेवा प्रवाहमा समस्या भएपछि प्रहरी प्रधान कार्यालयबाट निर्देशनबमोजिम अस्पताल सारिएको हो ।’

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top