भारतमा नबिकेका नेपाली खेलाडीलाई पाकिस्तानले पनि किनेन

२७ मंसिर ८०, बिहीबार

२८ मंसिर, एजेन्सी ।
विश्वको ठूलो भारतीय क्रिकेट फ्रेन्चाइज आइपिएलको अक्सनमा नबिकेका नेपाली क्रिकेट खेलाडी पाकिस्तानी सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेर पनि कुनै पनि फ्रेन्चाइज क्लबमा अनुबन्धन हुन सकेनन् । बुधबार राति सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा देखाएनन् ।

यसअघि गत वर्ष पनि नाम दर्ता गराए पनि खेलाडी अनुबन्धनका लागि पिएसल क्लबहरू तयार भएका थिएनन् । पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप लामिछाने (प्लाटिनियम) गुलशन झा (गोल्ड), आरिफ शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी (सिल्भर) क्याटगोरीको ड्राफ्टमा रहेका थिए ।

प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा १ लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ । सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट पाकिस्तान सुपर लिग खेलेका थिए ।

Advertisement

पाकिस्तान सुपर लिगको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुने छ ।यसअघि विश्व प्रतिष्ठित टी–२० फ्रेन्चाइज आइपिएलको अक्सन लिस्टमा समेत नेपाली खेलाडी पर्न असफल रहेका थिए ।पछिल्लो समय नेपाललाई एकदिवसीय विश्वकप छनोट, एसियाकप, एसियाड, टी–२० विश्वकप सम्म पु¥याउँदा उत्कृष्ट प्रदर्शन गरे पनि विश्व फ्रेन्चाइज टोलीको नजरमा भने नेपाली खेलाडी पर्न असफल भइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top