च्याम्पियन्स लिगमा अन्तिम १६ को समीकरण पूरा

२७ मंसिर ८०, बिहीबार

२८ मंसिर,एजेन्सी ।

यूईएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पूरा भएको छ । समूह चरणका खेलहरु गएराति सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो । राउण्ड १६ मा समुह ए बाट बायर्न म्युनिख र कोपेनहेगन, समूह बिबाट आर्सनल र पीएसभी, समूह सीबाट रियल मड्रिड र नापोली, समूह डी बाट रियल सोसियडाड र इन्टर मिलान, समूह ई बाट एथलेटिको म्याड्रिड र लाजियो, समूह एफ बाट डोर्टमण्ड र पिएसजी, समूह जी बाट म्यानचेस्टर सिटी र आरबी लेइपजिंग तथा समूह एचबाट बार्सिलोना र पोर्टो पुगेका छन् ।

यद्यपी अन्तिम १६ मा पुगिसकेको भएपछि बार्सिलोना गएराति बेल्जियन टोली रोयल एन्टवर्पसँग भने पराजित भयो।एन्टवर्पको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३–२ ले हारेको छ । हारका बावजूद बार्सिलोना समूहको शीर्ष स्थानमा रह्यो । बार्सिलोनाको ६ खेलमा १२ अंक छ । दोस्रो स्थानमा रहेको पोर्टोको पनि १२ अंक नै रहेको छ ।

सबै समूहबाट तेस्रो भएका क्लबहरु युरोपा लिगमा ट्रान्सफर भएका छन् । जसमा समूह ए बाट गालाटासारे, समूह बी बाट लेन्स, समुह सी बाट ब्रागा, समुह डी बाट बेनिफिका, समुह ई बाट फेयनोर्ड, समुह एफ बाट एसी मिलान, समूह जी बाट योंग ब्य्वाज र समूह एचबाट शख्तर डोनेटस्क रहेका छन् । अब राउण्ड १६ को ड्र डिसेम्बर १८ मा हुने छ भने राउण्ड १६ का खेलहरु फेब्रुअरी र मार्चमा हुने छन्।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top