स्वास्थ्य बीमाबाट ३ महिनाको औषधि एकैपटक

२८ मंसिर ८०, शुक्रबार

२९ मंसिर,काठमाण्डौ ।
झन्झटिलो कागजी प्रक्रिया र अव्यवहारिक प्रावधान रहेको भन्दै स्वास्थ्य बीमाप्रति आम नागरिकको विश्वास गुम्दै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डले व्यवहारिकतालाई हेरेर दीर्घकालीन महत्वका महत्वपूर्ण निर्णयहरु गरेको छ । भर्खरै मात्रै बोर्डको नयाँ नेतृत्वमा आए अध्यक्ष डा. गुणराज लोहनीले अस्तव्यस्त बन्दै गएको कार्यक्रमलाई लयमा ल्याउन विभिन्न सुधारका निर्णय गरेका छन् ।

उनका अनुसार बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्नेदेखि सुविधाको थैलीमा पर्ने औषधिको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको छ । यस्तै, नियमित औषधि खाने दीर्घ रोगीहरुलाई तीन महिनाको औषधि दिन मिल्ने, एउटै रोगका लागि फलोअपमा जानुपर्ने विरामीले पटकपटक रेफर बनाउन नपर्ने निर्णय गरेको छ ।

सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट पेश भएका दाबीहरुलाई पुनरावलोकन गर्न सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने गरी पाँच सदस्यीय विज्ञ समूहको एक स्वतन्त्र दाबी पुनारावलोकन समिति गठन गर्ने र समितिको कार्यविवरण तयार गर्ने र एक महिनाभित्र दाबी पुनरावलोकन गराउने व्यवस्थाका लागि जिम्मेवारी दिने निर्णय भएको छ ।

Advertisement

यस्तै,स्वास्थ्य बीमा ऐन २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सहभुक्तानी (पेमेन्ट) को प्रणाली लागू गर्नका लागि बनेको कार्यविधि–२०८० लाई परिमार्जन सहित स्विकृत गरी आगामी १ माघ देखि कार्यान्वयनमा ल्याउने, सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी गर्ने व्यवस्थालाई एपीआईको माध्यमबाट रियल टाइम गर्न सक्ने गर्ने व्यवस्था मिलाउन जोड दिने डा. लोहनीले बताएका छन् ।

उनले एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः प्रेशण स्विकृत (रेफर) लिई रहन नपर्ने व्यवस्था मिलाउने, स्थायी संगठन संरचनाको स्वीकृतिका लागि पहल गर्ने निर्णय भएको पनि बताएका छन् ।

Advertisement

यस्तै, स्वास्थ्य बीमा बोर्डको आवश्यक जनशक्तिको माग गरी २०८० वैशाख १४ गते प्रकाशित सूचना अनुसार २ असारमा लिइएको परीक्षाको नतिजा यथाशक्य छिटो प्रकाशित गर्ने निर्णय पनि भएको छ । बोर्डले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’ हटाएको छ ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ‘एम्पिसिलनि’ क्लोक्जासिलिन, सेफोपेराजोन÷ सल्बेक्टम, सेफोटेक्सिम÷ सल्बेक्टम, सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधीलाई सिफारिस नगर्न अनुरोध गरेको छ । यी चारवटै एन्टिबायोटिक औषधि हुन् ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top