भारत र श्रीलंकाका विदेशमन्त्री किन आउँदैछन् नेपाल ?

२९ मंसिर, काठमाण्डौ ।
भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

यसैगरि श्रीलंकाका विदेशमन्त्री साब्री पनि नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका स्रोतले जानकारी गराएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठक सन् २०२४ जनवरीको पहिलो साताका निम्ति तय गरिएको छ ।

त्यसका लागि जयशंकर आगामी पुस तेस्रो साता काठमाडौं आउने भएका हुन् । १९ पुसमा आएर जयशंकर २० पुसमा फर्किने गरी मिति तय भएको उच्च स्रोतले जनाएको छ । यसअघि यो संयन्त्रको बैठक अक्टोबरमै बस्ने तयारी भए पनि भारतीय विदेशमन्त्रीको समय नमिलेकाले बैठकको समय धकेलिएको थियो ।

Advertisement

बैठक नेपाल र भारतका विदेशमन्त्रीको नेतृत्वमा हुनेछ । सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा २०२१ जनवरी दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास छ ।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल गर्ने गरिन्छ । भारतीय विदेशमन्त्रीको यो भ्रमणका अवसरमा केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका अवसरमा १० हजार मेगावाट विद्युत् खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

Advertisement

यसअघि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका सहयमा यो विद्युत खरिदसम्बन्धी सहमति जुटेको थियो । तर, सम्झौतामा हस्ताक्षर भने हुन सकेको छैन । भारतीय विदेश मन्त्री जयशंकर तत्कालीन अवस्थामा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा तथा नेपालले संविधान जारी गर्दा भारतको विदेश सचिव रहेका थिए ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर पटक पटक नेपाल आएका थिए । यस्तै, २००९ मा नेपाल–श्रीलंका संयुक्त आयोगको स्थापना गरिएको थियो । श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको नेपाल भ्रमणका बेला संयुक्त आयोग गठन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top