‘खतरा ’भन्दै जब आफ्नै नागरिकमाथि इजरेलले गोली चलायो..

३० मंसिर,एजेन्सी ।
गाजाक्षेत्रमा आफ्नो शत्रु हमासलाई सिध्याउने भन्दै भीषण कारबाही जारी राखेको इजरायलले आफ्नै नागरिकको हत्या गर्न पुगेको छ । तर यसलाई उसले भुल भनेको छ । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको छ ।

मारिनेमा २८ वर्षीय योताम हाइम, २२ वर्षीय समिर तलाल्का र २६ वर्षीय अलोन सामरिज रहेका छन् । उत्तरी गाजाको सेजाइयामा गरिएको सैन्य कारबाहीका दौरान उनीहरू मारिएको सेनाको भनाई छ । उनीहरुलाई गल्तीले ‘खतरा’ ठान्न पुग्दा मारिएको इजरायली सेनाले जनाएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ । यस घटनामा मारिएका परिवारप्रति आईडीएफले समवेदना प्रकट गरेको छ । ‘हाम्रो मिसन भनेको बन्धकहरूको स्थान पहिचान गर्नु र उनीहरूलाई घर फिर्ता ल्याउनु हो,’ सेनाले भनेको छ ।

Advertisement

मारिएका तीन जनाको शव इजरायल फिर्ता ल्याइएको छ । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको कारबाहीमा हालसम्म १८ हजार ८ सय जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।

ठूलो संख्यामा पीडितहरू अझै पनि भग्नावशेष मुनि र सडकमा छन् ।गत ७ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि गाजामा अझै १ सयभन्दा बढी बन्धक रहेका छन् ।

Advertisement

सो दिनको हमलामा २ सय ४० जनाभन्दा बढीलाई बन्धक बनाइएको भए पनि दुई पक्षबिच केही समयका लागि गरिएको अस्थायी युद्धविरामका दौरान केही बन्धकहरूलाई छाडिएको थियो।

जसमा नेपाली विद्यार्थी विपिन जोशी पर्न सकेनन् । उनको रिहाइका लागि पहल जारी रहेको सरकारले बताइरहेको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top