Nepal Times
Nepal Times
3
Shares

पललाई सफाइ दिने उच्चको फैसलामा सर्वोच्चको प्रश्नैप्रश्न

पललाई सफाइ दिने उच्चको फैसलामा सर्वोच्चको प्रश्नैप्रश्न

३० मंसिर, काठमाडौं ।

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहो¥याएर हेर्ने भएको छ । उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहो¥याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो ।

सर्वाेच्चले पलविरुद्धको जबर्जस्ती करणी मुद्दा दोहो¥याइ हेर्न अनुमति दिएको हो । जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो ।

नवलपुर अदालतले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियोगबाट सफाइ दिएको थियो । अभिनेता शाहलाई सफाइ दिने उच्चको फैसला त्रुटि रहेको भन्दै सरकारले मुद्दा दोहो¥याइ हेर्न दिएको निवेदनमा सर्वाेच्चले अनुमति दिएको हो ।

मंसिरि २२ गते न्यायाधीश सुष्मलाता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उच्च अदालतबाट भएको फैसलामा कानुनको अपव्याख्या र नजिरविपरीत रहेको ठहर गरेको छ । मुद्दामा प्रमाणहरूको यथोचित मूल्यांकन नभएको ठहर सर्वाेच्चको छ ।

सर्वाेच्चका आदेशमा भनिएको छ, ‘पीडित नावालक रहेको देखिएकोले पीडितको वकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको वकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज. ११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९।११।४ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) को व्याख्यात्मक त्रुट्टी र ने.का.प. २०७५ अंक ११ नि.नं. १०१३२ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७४ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिंदा प्रस्तुत मुद्दा दोहो–याई हेर्ने अनुमति प्रदान गरिएको छ।’

अभिनेता शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । यससंगै उच्च अदालत पोखराले पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको हो । अब उच्च अदालत पोखराले सुनुवाइ दोहो¥याउँदै पुनः फैसला गर्नु पर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.