सुनको मूल्यमा एकैदिन ३ सय रूपैयाँले गिरावट

३० मंसिर ८०, आइतबार

१ पुस ,काठमाडौं ।

शनिबार र आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यी दुवै दिन स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ।

अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले यहाँ शनिबारकै मूल्य आइतबार पनि कायम हुन्छ। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार तीन सय रूपैयाँले कमी हो।

Advertisement

गत शुक्रबार सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख १८ हजार ८ सय रूपैयाँ थियो।आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार भने चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top