iplको अक्सन मंगलबार, को–कोमाथि हुन सक्छ धनवर्षा ?

३० मंसिर ८०, आइतबार

१ पुस,एजेन्सी ।
कुनै पनि नेपाली खेलाडी ड्राफ्टमा पर्न नसकेको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । यो अक्सनमा विदेशी र भारतीय गरि ३३३ खेलाडी हुनेछन् । अक्सनमा ३० विदेशीसहित बढीमा ७७ खेलाडीमाथि बोली लाग्नेछ । आइपिएल विश्व क्रिकेटमा खेलाडीलाई सर्वाधिक पारिश्रमिक दिने फ्रेन्चाइज टि२० प्रतियोगिता हो ।

एकै रातबाट खेलाडी करोडपति बन्ने गर्दछन् । आइपिएलमा धेरै फ्रेन्चाइज टोलीलाई एकै खेलाडी आवश्यक परेको खण्डमा अक्सनमा धनको वर्षा हुने गर्दछ । यस पटक अक्सनमा अघिल्लो महिना विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमाथि धनको वर्षा हुने अनुमान गरिएको छ ।

आइपिएल २०२४ को अक्सनमा धनको वर्षा हुनसक्ने खेलाडीहरुको सूचीमा छन्, अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क । उनी अक्सन २०२४ मा सबैभन्दा बढी महँगो मूल्यमा बिक्न सक्ने खेलाडी हुन् । स्टार्क बिग म्याच प्लेयर हुन् । यस पटक उनले अक्सनमा २ करोड न्यूनतम मूल्यमा आफ्नो नाम दर्ता गराएका छन् ।

Advertisement

उनलाई किन्न बेंगलोरले बढी मूल्य लगाउने देखिन्छ । यस्तै चेन्नई, कोलकाता, दिल्ली, मुम्बई र हैदराबादले अक्सनमा स्टार्कलाई किन्न मूल्य लगाउने देखिन्छ । यस्तै अर्का खेलाडी हुन् अष्ट्रेलियाका बायाँ हाते ब्याटर ट्रविस हेड । जसलाई अक्सनमा धनको वर्षा हुनसक्ने अनुमान गरिएको छ । हेड पनि बिग म्याच प्लेयर हुन् ।

हेडले ओपनिङ र मध्यक्रम दुबैमा आक्रामक ब्याटिङको क्षमता राख्छन् । अक्सनमा हेडलाई किन्न धेरै फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले अक्सनमा महँगो मूल्य पाउन सक्छन् । यद्यपी रचिनले अक्सनमा ५० लाख भारु मात्रै न्यूनतम मूल्य राखेका छन् ।

यस पटक अक्सनमा रचिनलाई किन्न कोलकाता, बेंगलोर, चेन्नई र मुम्बईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै अक्सनमा महँगो मूल्यमा जान सक्ने अर्का क्रिकेटर हुन्, दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलर जेराल्ड कोट्जी । कोट्जी बाउन्सर बलका लागि माहिर छन् ।

हालसम्म आइपिएल नखेलेका उनले न्यूनतम मूल्य २ करोड भारु राखेका छन् । अर्का हुन् अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउदाका सुपर हिरो प्याट कमिन्स । कमिन्स तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । २०२० को अक्सनमा कोलकाताले उनलाई १५ करोड ५० लाख भारुमा किनेको थियो ।

यसैगरि न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेल यस पटक अक्सनमा महँगो मूल्यमा बिक्न सक्छन् । मिचेलले अक्सनमा १ करोड ५० लाख भारु न्यूनतम राखेका छन् । अर्का खेलाडी छन्, अष्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुड । यसअघि उनलाई बेंगलोरले २०२२ को मेघा अक्सनमा ७ करोड ७५ लाख भारुमा किनेको थियो ।

यस्तै धनको वर्षा गराउने अर्का खेलाडी हुन्, श्रीलंकाका स्पिन अलराउन्डर वानिन्दु हसरंगा । हसरंगाले स्पिन आक्रामणसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । २०२२ को मेघा अक्सनमा उनलाई रोयल च्यालेन्जर्स बेंगलोरले १० करोड ७५ लाख भारुमा किनेको थियो । बेंगलोरले फुकुवा गरेपछि अक्सनमा हसरंगाले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top