Nepal Times
Nepal Times
3
Shares

असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसे

असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसे

४ पुस,विराटनगर ।
सुनसरीको बराहक्षेत्र– ६ महेन्द्र गेटबाट दक्षिण मुनाल चोक सम्मको सडक विस्तारका क्रममा नगरपालिकाले असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसेका छन् ।

नगर प्रमुखले स्वच्छाचारी ढंगबाट सरकारी मापदण्डलाई समेत वेवास्ता गरेपछि आफूहरु अनसनमा बस्न बाध्य भएको स्थानीय नविन गौतमले बताए ।

नगरपालिकाले केही साता अघि लिएको सडकको नापमा स्थान र ब्यक्ति हेरेर ६५ फिटदेखि ७२ फिटसम्म असमान नापजाँच गरिएपछि त्यसका विरुद्ध अनसन बस्नु परेको अनसनरत रिना खड्काले बताइन् ।

नगरको यस निर्णयमा स्थानीय जनताले आपत्ति जनाएपनि नगरले स्थानीयको मागलाई वेवास्ता गर्दै एकलौटी रुपमा अघि बढेपछि अनसन नै एकमात्र विकल्प भएको अर्का अनसनरत तिर्थराज लुईटेलले बताएका छन् ।

उनले आफूहरुका माग सम्बोधन नभएसम्मका लागि अनसन नतोड्ने समेत बताएका छन् । स्थानीय ३ जनाको अनसनमा स्थानीय १ सय ९३ जनाको समर्थन रहेको उनीहरुले बताएका छन् ।

सडक विस्तारको मापदण्डकै विषयलाई लिएर स्थानीय अनसनमा बसेपनि नगरपालिकाले अहिले सम्म कुनै चासो नदेखाएको भन्दै स्थानीयले सम्बन्धित सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.