मोरङको बुढीगंगामा २ अर्ब ५० करोडको इन्टरनेशनल अस्पताल बन्ने

४ पौष, विराटनगर । मोरङको बुढीगंगा १ स्थित टंकीसिनवारीमा आरआर इन्टरनेशनल अस्पताल बन्ने भएको छ ।

२ अर्व ५० करोड लगानीमा एक विगाहा ८ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने अस्पताल २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Advertisement

शिवम् अर्गनाईजेसनले निर्माण गर्न लागेको अस्पतालको बुधबार शिलान्यास गरिएको छ । नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए ।

शिलान्यासपछि आयोजित पत्रकार सममेलनमा अध्यक्ष राउतले ३ वर्षभित्रमा अस्पताल निर्माणको लक्ष्य राखिएपनि २ वर्षमा निर्माण सम्पन्न गरेर सञ्चालनको तयारी गरिएको बताए ।

Advertisement

अस्पताल सञ्चालनपछि नर्सिङ कलेजको तयारी गरिने उनले जानकारी दिए । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ती तथा गुणस्तर बीचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजि क्षेत्रको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिवम् अर्गनाईजेसनका सदस्य प्रतिक राउतले बताए ।

अस्पताल २०० शैया क्षमताको निमार्ण गर्न गरिएपनि सुरुवातमा १०० शैंयाको मल्टि स्पेशियालिटी अस्पताल संचालन गर्ने र क्रमश ३०० शैया सम्म विस्तार गर्ने लक्ष्य लिइएको उनले बताए ।

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवाल, कार्डियो, क्याथ ल्याव जस्ता सेवा सुविधा उपलब्ध गराउने राउतको भनाई छ ।

उनका अनुसार अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ ।

झण्डै ३ दशकदेखि उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य समेत हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top