NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

क्रिश्चियन नमान्नेहरूलाई मन्त्री किराँतीले जेल हाल्ने

बिहिबार पुस ५ , २०८०
Reading Time: 1 min read
A A
क्रिश्चियन नमान्नेहरूलाई मन्त्री किराँतीले जेल हाल्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ पुष ,विराटनगर ।
माओवादी केन्द्रको कोटाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा सुदन किरातीलाई प्रधानमन्त्री प्रचण्डले क्याविनेटमा ल्याउँदा माओवादीले युवालाई समेटेको भनेर निकै प्रशंसा भएको थियो । मन्त्री किराँती स्वयंले पनि युवामा जोश भरेका थिए । पुराना राजनीतिक शैली दोहोर्याउने भन्दा पनि नयाँ ढंगले काम गरेर देखाउने आशा जगाएका थिए ।

स्वयम प्रधानमन्त्रीले पनि किराँतीमा भविष्यमा प्रधानमन्त्री बन्ने क्षमता रहेको भन्दै प्रशंसा गरेका थिए । तर केही अनुगमन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य सुधारका बाहेक उनका हरेक निर्णयहरु विवादित बन्न पुगेका छन् । उनी प्रचण्ड नेतृत्वको सरकारका स्टन्ड मन्त्रीका रुपमा परिचित छन् ।

चाहे त्यो विमान किन्ने निर्णय होस् वा ग्राउण्ड ह्याडिलिंग, ल्हारक्याल लामाको नियुक्ति होस्, पशुपतिको जग्गा वा धरानमा एयरपोर्ट बनाउँने कुरा, सबैमा मन्त्री किराँती विवादमा घेरिए । पछिल्लो पटक उनको एउटा धार्मिक विद्वेश फैलाउने उत्तेजित अभिब्यक्तिले त झनै उनी आलोचनाको चुलीमै पुगेका छन् ।

LS Auto

धर्मका नाममा उनले दिएको पछिल्लो अभिब्यक्तिले किराँतीको राजीनामा नै मागिएको छ । खासमा उनी क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले विवादमा मुछिएका हुन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधी र देशद्रोहीको संज्ञा दिँदै जेल कोच्नुपर्ने अभिब्यक्ति दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । आफू राज्यको जिम्मेवार पदमा रहेको बिर्सेर उनी क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भए । किराँतीले यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मुछ्न पुगे ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने । मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।

उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने ?’ किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए । उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’

उनको यो अभिब्यक्तिपछि सामाजिक संजालसंगै दलका नेताहरुले समेत किराँतीको राजीनामा मागिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक भएको बताएका छन् । लामिछाने सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सदभाव र सहिष्णुता खलबल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ।’ यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? भन्दै सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यसैगरि रास्वपाकै सांसद मनिस झाले पनि एक्समा लेखेका छन्, मन्त्री किराँतीको धर्म र सम्बन्धित अभिब्यक्ति स्तरहीन र खेदजनक छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । ‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस् ।’

उनले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने किराँतीलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । यस्तै सामाजिक संजालमा एमाले नेता गोकुल बाँस्कोटा लेख्छन्, संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या( हिन्दु, बौद्ध, मुश्लिम आदी) करिब ९८ प्रतिशत रहेछ । उनी अगाडि लेख्छन्, माओवादी अरु कसैका लागि सेना दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भनेर लेखेका छन् ।

यस्तै अधिकारकर्मी मोहना अन्सारी सामाजिक संजालमा लेख्छिन्, कुन पदमा आशिन छु, पदिय मर्यादा विपरित गएर फलानो धर्म नमान्नेलाई हत्कडी लगाउछु, जेल कोच्छु भन्नु गैर जिम्मेवार र आस्थामा चोट पुर्याउने खालको अभिब्यक्ति दिन कसैलाई पनि छुट छैन फेरि चाहे ति मन्त्री किराँती नै किन नहुन ।

किराँतीको अभिब्यक्तिलाई लिएर राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपालमा धर्मालम्बीको संख्यासहित मन्त्री सुदन किराँती ज्युको भनाई अनुसार हाम्रो नेपाल त सबै देश द्रोहीहरूबाट भरिएको रहेछ भन्दै लौ सरकार यो डाटा अनुसार सबैलाई जेल कोज्दे भनेका छन् ।

यसैबीच मन्त्री किराँतीको अभिब्यक्तिले ९८ दशलमव ५ प्रतिशत गैर ईसाइहरुको अपमान भएको भन्दै उनले राजीनामा नदिएसम्मका लागि भन्दै आज दिउँसो देखि पशुपति विकासकोषको कार्यालय अगाडि संगत संस्कृति परिवारले धर्ना सुरु गर्दैछ ।

Tags: #मन्त्री किराँती

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.