भारतमा कोरोना बढेपनि नेपालमा आत्तिनु नपर्ने

५ पुष ,विराटनगर ।
खुला सीमा रहेको छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपनि त्यसबाट नेपालमा आत्तिनु पर्ने अवस्था नरहेको नेपाल सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउनु नपर्ने बताएका हुन् ।

उनले भारतमा देखिएको संक्रमण श्वासप्रश्वाससम्बन्धी रहेको र नेपालमा आत्तिनुपर्ने अवस्था नरहेको बताए । यसअघिको कोरोनाको महामारीका समयमा भारतबाट आउने नेपालीहरुका कारण नेपालका अधिक रुपमा कोरोना फैलिएको थियो । यसै कारण सीमामा अनिवार्य स्वाथ्यजाँच र क्वारेन्टिनको व्यवस्था मिलाएको थियो ।

’अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ । नयाँ भेरियन्ट भए पनि नयाँ लक्षण यसमा छैन । श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,’ उनले भने, ’हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजन लगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने उनले बताए ।

उनका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्क तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ । लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने आणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको उनले बताए ।

सबैले कोरोना भाइरसविरूद्ध खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको संक्रमण रोकथाम खोपले गर्ने उनले बताए । स्वास्थ्य मन्त्रालयले पछिल्लो नयाँ भेरियन्टको जोखिम नेपाल पनि बढेको तर नआत्तिन सबैमा आग्रह गरेको हो । भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन् । सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिरामी एक्कासि बढ्न थालेका हुन् ।

भारतको केरलामा भर्खरै भेटिएको नयाँ भेरियन्टको नाम अनुसन्धानकर्ताहरूले ’पिरोला’ राखेका छन् । केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोवामा पनि भेटिएको छ । कतिपय अनुसन्धानकर्ताहरूले चिसो बढेका कारणले पनि कोरोना संक्रमण बढेको बताएका छन् ।

भारतमा मात्र होइन, अमेरिका र युरोपमा पनि ठन्डी यामसँगै कोरोना संक्रमण बढेको छ । अर्कोतिर मानिसहरूले लगाएका खोपको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोरोना संक्रमण केही बढ्न थालेको बताइएको छ । नयाँ सवभेरिएन्ट जेएन डट वान हो । डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो सवभेरिएन्ट बीए टू डट एट सिक्सको वंशज हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको सङक्रमणबाट ज्वरो आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् । कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा पनि सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्य विद्को सुझाव छ ।

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top