उग्र भए किम, कसलाई दिए परमाणु खसालिदिने धम्की ?

५ पुष, एजेन्सी ।

विश्वले यतिबेला दुई महायुद्ध खेपिरहेको छ । झण्डै २ वर्षदेखि युक्रेन र रुसबीचको युद्ध जारी छ । अर्कोतिर इजरायल र हमासबीच पनि व्यापक नरसंहारकै स्थीतिमा पुगेको युद्धले विश्वको चिन्ता बढाएको छ । यसबीच उत्तर कोरियाका नेता किम जोंग उनको एक धम्कीले विश्वलाई थर्कमान बनाएको छ ।

हुन त किमले पहिलादेखि नै आफूविरुद्ध जसले धावा बोल्छ उसलाई नछाड्ने चेतावनी दिदै आएका थिए । यसमा किमकी बहिनी पनि उनीभन्दा कम छैनन् । तर पछिल्लो पटक किमले परमाणु हान्ने भन्दै दिएको चेतावनीले भने चिन्ता थप बढाएको छ ।

Advertisement

उत्तरको सरकारी मिडियाले किमलाई उदृत गर्दै लेखेको छ, कि यदि कुनै शत्रुले हामीलाई परमाणु बमले उकास्ने प्रयास गर्छ भने हामी दाँयाबाँया नहेरी सिधैं परमाणु आक्रमण गर्न हिच्किचाउँदैनौं । किमको यस्तो चेतावनी यस्तो बेला आएको हो, जतिबेला दक्षिण कोरिया र अमेरिका साथमा परमाणु योजनामा काम गरिरहेका छन् ।

खासमा उनी यी दुई देशले परमाणु योजनामा सहकार्य गरेकोमा भड्किएका हुन् । तर किमको चेतावनीले अमेरिका, दक्षिण कोरिया र जापानमा चिन्ता बढेको छ । केसीएनए समाचार एजेन्सीले भनेको छ कि उनका सर्वोच्च नेता किम जोंग उनले यस्तो टिप्पणी त्यतिबेला गरेका हुन् जतिबेला उनी अन्तरमहाद्विपिय ब्यालेस्टीक मिसाइलको हालैको प्रक्षेपण अध्यासमा सैनिकहरुसंग छलफल गरिरहेका थिए ।

Advertisement

सो क्रममा किमले नाम नलिकनै अमेरिका र दक्षिण कोरियामाथि निशाना साधेका थिए । उत्तर कोरिया पछिल्ला केही महिनादेखिनै अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासहरुबाट चिढिएको छ । उसलाई लाग्छ कि यही कारण उसको सम्प्रभुता खतरामा छ । केसीएनएले किमलाई उदृत गर्दै भनेका छ, कि यस पल्ट उत्तर कोरियाको दृढ सैन्य गतिविधि आक्रामक जवाफी कारबाहीका लागि पुरै तयारी अवस्थामा छ ।

अब यदी कुनै पनि शत्रुले आफूलाई उकास्छ भने उमाथि परमाणु खसाउँन रत्तिभर पनि संकोच नगर्ने किमले बताएको केसीएनएले जनाएको छ । उत्तरले मंगलबार भनेको थियो, कि उसले बढ्दो अमेरिकी शत्रुतालाई मध्यनजर गर्दै आफनो परमाणु हतियार विकसित गरेको छ । यसैक्रममा उत्तरले सोमबार पनि आफ्नो नविनतम आईसीबीएमको परिक्षण गरेको थियो ।

जसको अमेरिका र उसका सहयोगीहरुले निन्दा गरेका छन् । केसीएनएको रिपोर्टका अनुसार, किमले भने, सोमबार गरिएको प्रक्षेपण सम्पुर्णरुपमा सफल भयो । यो परिक्षणले सेनाको शक्ति र तिब्र गतिमा आक्रमण गर्न सक्ने क्षमतालाई प्रदर्शन गरेको छ । यो परिक्षणमा हामीले आफ्नो युद्धक क्षमतालाई थप मजबुत गर्ने प्रयासहरुलाई आह्वान गरेका छौं, किमले भनेका छन् ।

एक अर्को बयानमा किमको बहिनी किम यो जोंगले उत्तरको आईसीबीएमको लञ्चमा संयुक्त राष्ट्र सुरक्षा परिषदले बैठक आयोजना गरेकोमा निन्दा ब्यक्त गरेकी छिन् । उनले भनिन्, यो हाम्रो देशको आत्मरक्षाका लागि गरिएको अध्यास थियो ।

यूएनएससीले बरु अमेरिका र दक्षिण कोरियाको गैर जिम्मेवार व्यवहार र कर्ममाथि ध्यान दिनुपर्छ, जसले वर्षभरी नै सबै प्रकारका सैन्य गतिविधिहरु गरेर उत्तर कोरियालाई उकासेका छन्, किमकी बहिनीको भनाई थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top