Nepal Times
Nepal Times
3
Shares

जसलाई प्रहरीले ६ वर्षदेखि खोज्यो, उनी जेलमै थिए

जसलाई प्रहरीले ६ वर्षदेखि खोज्यो, उनी जेलमै थिए

५ पुष, एजेन्सी ।
छ वर्षअघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरूलाई प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–३ (साविक हाँडिखोला–६) की अप्सरा भनिने ५० वर्षीय नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले ०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडी बोक्सी दह डाँडामा अन्दाजी ५० वर्षकि महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो ।

प्रहरीले ०७४ पुस २९ गते राति १०–११ बजेको समयमा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको छ । अनुसन्धान अधिकृतले बताएअनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो ।

शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भुपु आर्मिसँग विवाह गराइदिन्छु भनि १५÷२० हजार रुपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनु भनि फोन गरी बोलाएका थिए । माछापोखरी एरियामा ३ जनाको भेट भएपश्चात् २÷३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडी बसेका थिए ।

शिवराम अधिकारी र मृतक दुईघण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६÷७ सय रुपैयाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा गइ बसेका थिए भने अर्कोदिन बिहान पूर्व जाने गाडी चढी फरार रहेका रहेका थिए ।

अनुसन्धानका क्रममा हत्यामा उनीहरू दुवैजनाको संलग्नता रहेको खुलेको थियो । तर, उनीहरू दुवैजना फरार थिए । पक्राउ परेकामध्ये जगत विश्वकर्मा अहिले पक्राउ परेका हुन् । शिवराम अधिकारी भने चोरी मुद्दामा पक्राउ परेका थिए । उनलाई ०७९ कार्तिक २९ गते तीन वर्ष कैद सजाय भएको थिए ।

उनी नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानपछि गएको साउन २४ गते पीडितको जाहेरी लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा पठाएको थियो । आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुष ४ गते जगत वि.क.लाई पक्राउ गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.