Nepal Times
Nepal Times
306
Shares

आज नेप्सेमा ३२. ७७ अंकको गिरावट

आज नेप्सेमा ३२. ७७ अंकको गिरावट

५ पुष, काठमाडौँ ।

निरन्तर उकालो लागिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन भने ३२ अंक भन्दा माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ३२.७७ अंकले घट्दै २१०९.१० अंकमा झरेको हो ।

अघिल्लो दिन नेप्से सूचक ३५.३९ अंकले बढ्दै ३१४१.८७ अंकमा उक्लिएको थियो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६ अंकले घटेर ३९६.६२ अंकमा झरेको नेप्सेले जनाएको छ ।आज नेप्से सूचकसँगै कारोबारमा समेत केही गिरावट आएको छ ।

अघिल्लो दिन ७ अर्ब ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज कारोबार घटेर ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँ झरेको हो ।आज म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

बोटलर्स नेपाल (बालाजु) , आशा लघुवित्त वित्तीय संस्था, धौलागिरि लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र चिरखावा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज क्रमशः ७.४४ प्रतिशत र ७.२६ प्रतिशतले घट्न पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.