पोल्यान्डका नयाँ प्रधानमन्त्रीले बन्द गराए सरकारी टेलिभिजन

५ पुस,एजेन्सी ।
पोल्यान्डका नयाँ प्रधानमन्त्री डोनाल्ड टस्कले सरकारमा आउनासाथ लोकतन्त्रको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । टस्कको सरकारले पोल्याण्डमा सरकारी टेलिभिजनको प्रसारण बन्द गराएको छ । सार्वजनिक सञ्चारमाध्यमलाई राजनीतिकरणबाट मुक्त गर्ने भन्दै उनको सरकारले यो कदम चालेको हो ।

संसदले मंगलबार स्वतन्त्र र बहुलवादी सरकारी टीभी र रेडियो हुनुपर्ने भन्दै एक संकल्प प्रस्ताव पारित गरेको थियो । नयाँ संस्कृतिमन्त्रीले सो टेलिभिजन र रेडियोका प्रमुखहरुलाई बर्खास्त गरेका छन् । पोल्यान्डका सरकारी रेडियो र टीभी यसअघि सत्तामा रहेको ल एन्ड जस्टिस पार्टीको प्रचार संयन्त्रसरह बनेको थियो ।

पोल्यान्डमा सरकारी सञ्चारमाध्यम महत्वपूर्ण मानिन्छन् । किनभने एक तिहाइ जनसंख्याको सरकारीबाहेक अन्य सञ्चारमाध्यममा पहुँच छैन । सो दलले सरकारको यो कदमको विरोध गरेको छ । नेपालमा पनि सरकारी संचारमाध्यमहरुले स्वतन्त्ररुपमा प्रकाशन, प्रशारण गर्न नसकेको आरोप लामो समयदेखि लाग्दै आएको छ ।

Advertisement

सरकारी संचारमाध्यमहरु सरकारमा पुगेका दलहरुको कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेका छन् । यस्तै निजिस्तरमा संचालित कतिपय संचारगृहहरु पनि कुनै न कुनै दल, नेता, गुट, व्यापारिक घराना लगायतको पकडमा रहेको भन्दै आलोचना हुँदै आएको छ ।

उता सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकमध्यको एक छिमेकी भारतमा पनि चलेका प्राय सबैजसो मिडियाहरु सत्तारुढ दलको मुखपत्र भएको आरोप लाग्ने गरेको छ । जसलाई त्यहाँ गोदी मिडिया भन्ने गरिएको छ। नेपालमा पनि सरकारी मिडियाप्रति सरकार संचालकहरु नै सन्तुष्ट बन्न सकेका छै्रनन् ।

Advertisement

केही दिन अघि मात्रै संचारमन्त्रीले सरकारको मुखपत्र राष्ट्रिय दैनिक गोरखापत्र पूरानै कन्टेटका आधारमा मात्रै चल्न नसक्ने भन्दै समयसापेक्ष काम गर्नुपर्ने बताएकी थिइन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top