भारतमा चार वर्षमुनिकालाई रुघाखोकीको औषधि प्रतिबन्ध

५ पुस,एजेन्सी ।
भारतको औषधि नियामक निकाय ‘केन्द्रीय औषधि मानक नियन्त्रण संगठन’ले चार वर्षमुनिका बालबालिकाहरूको लागि रुघाखोकीको लोकप्रिय औषधिको संयोजन प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादित कप सिरपको प्रयोग गरेर पश्चिमी अफ्रिकी मुलुकमा १ सय भन्दा बढी बालबालिकाको मृत्यु भएपछि संगठनले यसैसाता यस्तो निर्णय लिएको हो ।

संगठनले अब औषधि उत्पादक कम्पनीहरूले फिक्स्ड ड्रग कम्बिनेशन (एफडीसी) औषधिको लेबलमा ‘एफडीसीको प्रयोग चार वर्षभन्दा मुनिका बालबालिकाले गर्नु हुँदैन’ भनेर लेख्न निर्देशन जारी गरेको छ । भारतको औषधि नियामक संगठनले बालबालिकाको लागि अस्वीकृत रुघाखोकीको औषधिको फर्मुलेसनको प्रचार बढेकोमा चिन्तासमेत व्यक्त गरेको छ ।

एफडीसीमा क्लोरफेनिरामाइन म्यालेट र फिनाइलफ्राइन समावेश हुन्छ । प्रायजसो चिसो र रुघाको उपचारको लागि सिरप र ट्याबलेटमा यसको प्रयोग हुन्छ । विश्व स्वास्थ्य संगठनले पनि पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई लागेको खोकी र चिसोको उपचारको लागि डाक्टरको प्रेस्क्रिप्टसनविनाको सिरप वा अन्य औषधि प्रयोग गर्न सिफारिस गर्दैन ।

Advertisement

यसैबीच फोक्सोको क्यान्सरसम्बन्धी औषधि परीक्षणमा असफलता हात लागेपछि चर्चित फ्रान्सेली औषधि निर्माता कम्पनी सनफीले यससम्बन्धी अध्ययन समाप्त भएको घोषणा गरेको छ । लेट–स्टेज ट्रायलमा प्रभाव पार्न असफल भएपछि यससम्बन्धी प्रयोगात्मक विकास गर्न बन्द गरिएको कम्पनीले जनाएको हो ।

फोक्सोको क्यान्सर भएका बिरामीलाई केमोथेरापीद्वारा गरिने ‘एन्टिबडी बेस ट्रिटमेन्ट’मा असफलता हात लागेपछि कम्पनीले यससम्बन्धी अध्ययनबाट हात झिकेको विज्ञप्तिमार्फत बताएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top