Nepal Times
Nepal Times
3
Shares

भारतमा चार वर्षमुनिकालाई रुघाखोकीको औषधि प्रतिबन्ध

भारतमा चार वर्षमुनिकालाई रुघाखोकीको औषधि प्रतिबन्ध

५ पुस,एजेन्सी ।
भारतको औषधि नियामक निकाय ‘केन्द्रीय औषधि मानक नियन्त्रण संगठन’ले चार वर्षमुनिका बालबालिकाहरूको लागि रुघाखोकीको लोकप्रिय औषधिको संयोजन प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादित कप सिरपको प्रयोग गरेर पश्चिमी अफ्रिकी मुलुकमा १ सय भन्दा बढी बालबालिकाको मृत्यु भएपछि संगठनले यसैसाता यस्तो निर्णय लिएको हो ।

संगठनले अब औषधि उत्पादक कम्पनीहरूले फिक्स्ड ड्रग कम्बिनेशन (एफडीसी) औषधिको लेबलमा ‘एफडीसीको प्रयोग चार वर्षभन्दा मुनिका बालबालिकाले गर्नु हुँदैन’ भनेर लेख्न निर्देशन जारी गरेको छ । भारतको औषधि नियामक संगठनले बालबालिकाको लागि अस्वीकृत रुघाखोकीको औषधिको फर्मुलेसनको प्रचार बढेकोमा चिन्तासमेत व्यक्त गरेको छ ।

एफडीसीमा क्लोरफेनिरामाइन म्यालेट र फिनाइलफ्राइन समावेश हुन्छ । प्रायजसो चिसो र रुघाको उपचारको लागि सिरप र ट्याबलेटमा यसको प्रयोग हुन्छ । विश्व स्वास्थ्य संगठनले पनि पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई लागेको खोकी र चिसोको उपचारको लागि डाक्टरको प्रेस्क्रिप्टसनविनाको सिरप वा अन्य औषधि प्रयोग गर्न सिफारिस गर्दैन ।

यसैबीच फोक्सोको क्यान्सरसम्बन्धी औषधि परीक्षणमा असफलता हात लागेपछि चर्चित फ्रान्सेली औषधि निर्माता कम्पनी सनफीले यससम्बन्धी अध्ययन समाप्त भएको घोषणा गरेको छ । लेट–स्टेज ट्रायलमा प्रभाव पार्न असफल भएपछि यससम्बन्धी प्रयोगात्मक विकास गर्न बन्द गरिएको कम्पनीले जनाएको हो ।

फोक्सोको क्यान्सर भएका बिरामीलाई केमोथेरापीद्वारा गरिने ‘एन्टिबडी बेस ट्रिटमेन्ट’मा असफलता हात लागेपछि कम्पनीले यससम्बन्धी अध्ययनबाट हात झिकेको विज्ञप्तिमार्फत बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.