श्रीलंकाली विदेशमन्त्रीसंग के छलफल गरे परराष्ट्रमन्त्रीले ?

५ पुस,एजेन्सी ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच दक्षिण एसियाली सहयोग संगठन सार्क र बंगालका खाडी राष्ट्रहरुको संगठन बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ ।

बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताए । उनले छलफलमा दुई पक्षिय सम्बन्धहरुको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनका बारेमा छलफल भएको बताए ।

उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताए । उनले भने, ‘श्रीलंकाका विदेशमन्त्रीको नेपाल भ्रमणको आज दोस्रो दिन छ । यो हाम्रो ज्वइन्ट कमिसनको बैठक भएको हुनाले यसमा दुई पक्षिय सम्बन्धहरुको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशन जस्ता दुई पक्षिय विषयहरुमा गम्भीर र सौहद्रपूर्ण वातावरणमा छलफल भएको छ ।

Advertisement

क्षेत्रिय संगठनहरु, विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको छ । संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको छ ।

दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ । परम्परागत रुपमा श्रीलंका र नेपाल दुवै मित्रराष्ट्रका रुपमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रुपमा रही आएका छन् ।

हाम्रो बीचमा धेरै पक्षमा सहयोगको आदानप्रदान हुँदै आएको छ र नेपालले श्रीलंकासँगको सम्बन्धलाई ठूलो महत्व दिँदै आएको छ।’ सार्क खासगरी सदस्य राष्ट्रहरु भारत र पाकिस्तानका चिसोपनाका कारण ओझेलमा पर्दै आएको छ । भारतीय पक्षले सार्कलाई वेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top