क्रिसमसको पोशाक लक्षित बालेनको एक्सन

६ पुस,विराटनगर।
काठमाडौं महानगरपालिकाले विभिन्न चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै विद्यालयलाई सचेत गराएको छ । ईसाई धर्मालम्बीको क्रिसमस चाड नजिकिदै गर्दा महानगरले विद्यालयलाई कारवाही गर्ने सम्मको व्यहोरासहित पत्र पठाएका छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले एक जानकारीमूलक पत्र सार्वजनिक गर्दै विद्यालय पोशाकबाहेकका पोशाक किन्न बाध्य नपार्न महानगर क्षेत्रका विद्यालयलाई अनुरोध गरेका छन् । परिपत्रविपरीत कार्य गरेको पाइएमा कारबाही गरिने महानगरको पत्रमा चेतावनी दिइएको छ ।

Advertisement

“काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,” परिपत्रमा लेखिएको छ, “कोही कसैले यस परिपत्रविपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।”

विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन किन्न लगाउने गरेका छन् । त्यसबाहेक अन्य चाडबाडमा पनि विद्यालय पोशाकभन्दा फरक पोशाक लगाउन वाध्य पार्ने गरिएको अधिकांश अभिभावहरुले गुनासो गर्ने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top