चीनलाई घेर्न परमाणु टापु खोल्दै अमेरिका

६ पुष, एजेन्सी ।
दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हान्न प्रयोग गरिएको प्रशान्त टापुको एक एयरफिल्डलाई अमेरिकी वायुसेनाले फेरि सञ्चालनमा ल्याउने भएको छ । चीनसँगको टकराबका बेला प्रयोग गर्न सकिने सैन्य अखडा प्रर्याप्त बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो । अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सका कमान्डर जनरल केनेथ विल्सबाकले निक्की एसिसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

टिनियन टापुमा रहेको उत्तरी एयरफिल्डलाई सन् १९४६ मा अमेरिकी सेनाले त्यागेपछि त्यो क्षेत्र हाल जंगल बनेको छ । जंगल फँडानी गर्ने काम पूरा भएपछि एयरफिल्डमा विस्तृत सुविधा थपिने कमान्डर विल्सबाकले बताएका छन् । आउँदा केही महिनामा उत्तरी टिनियनमा धेरै काम भइसक्ने र त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुविधा थपिने उनले बताएको सीएनएनले जनाएको छ ।

अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सले यो विषय पुष्टि गरेको समाचारमा जनाएको छ । टिनियन टापु उत्तरी मारियाना टापुसँगै कमनवेल्थ–राष्ट्रमण्डलको हिस्सा हो । प्रशान्त महासागरमा अमेरिकाकै भूमिका रूपमा रहेको यो क्षेत्र हवाई राज्यबाट करिब ६ हजार किलोमिटर पश्चिममा छ ।

Advertisement

करिब ६२ वर्गकिलोमिटर यो क्षेत्रमा तीन हजारजति मानिसको बसोबास छ । साइपान र गुआमनजिकैको टिनियन टापुमा अमेरिकी हवाई अपरेसनको व्यापक इतिहास छ । दोस्रो विश्वयुद्धका बेला जापानबाट यी टापु कब्जा गरेपछि जापानमै विनाशकारी बमवर्षा गराउन अमेरिकाले प्रयोग गरेको थियो ।

इतिहासकै सबैभन्दा घातक बम आक्रमण १९४५ मार्च १० मा अमेरिकाले यी तीनै टापुबाट बी–२९ बमवर्षकबाट गराएको थियो । उक्त आक्रमणमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । दशौँ लाख मानिस घाइते भएका थिए । १९४५ मा जापानमा निरन्तर बम आक्रमण गरिरहँदा टिनियानमा रहेको नर्थफिल्ड विश्वकै व्यस्त विमानस्थल बनेको थियो ।

Advertisement

त्यहाँ करिब २४ सय मिटर लामा चार धावनमार्ग थिए । सन् १९४५ कै अगस्ट ६ मा हिरोसिमामा र त्यसको तीन दिनपछि नागासाकीमा खसालिएका पमारणु बम यिनै धावनमार्गबाट बी–२९ बमवर्षक एनोला गे र बक्सकारले बोकेर उडान भरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top