Nepal Times
Nepal Times
3
Shares

हलिउड अभिनेता डिजेलमाथि यौन दुव्र्यवहारको आरोप

हलिउड अभिनेता डिजेलमाथि यौन दुव्र्यवहारको आरोप

६ पुष, एजेन्सी ।

हलिउड अभिनेता भिन डिजेलमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ। एक जना पूर्व सहायकले उनलाई यस्तो आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् ।

अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा पनि उनले मुद्दा हालेकी छिन् । आफूमाथि दूरव्यवहार गरेको केही घण्टाभित्रै डिजेलको कम्पनीले आफूलाई कामबाट निकालेको उनको भनाई छ । मुद्दा बिहीबार लस एञ्जलसमा दायर भएको छ ।

यो घटना फाष्ट फाइभको शूटको दौरान अटलान्टाको सेन्ट रेगिज होटेलमा भएको बताइएको छ । यो घटनाको केही घण्टाभित्रै डिजेलकी बहिनी सामन्था भिन्सेन्टले फोन गरेर आफूलाई कामबाट निकालेको जोनासोनको भनाई छ ।

भिन्सेन्टले दाजुको प्रडक्शन कम्पनी वन रेस फिल्म्स चलाउँथिन् । जोनासोनले भिन्सेन्ट र वन रेस फिल्म्स माथि पनि मुद्दा हाल्ने भएकी छिन् । आफ्नो यौन इच्छा पूरा गरेपछि उनको लागि उपयोगी नभएकोले डिजेलले आफूलाई कामबाट निकालेको उनले मुद्दामा भनेकी छिन् ।

यो घटनापछि जोनासोनले निरीह महसुस गरेको, आत्म सम्मान धुँजाधुँजा भएको, आफ्नो खुबीमाथि शङ्का लागेको अनि सफल करियरको लागि आफ्नै देहको व्यापार गर्नु पर्ने हो र ? भन्ने प्रश्न मनमा उब्जिएको पनि मुद्दामा भनिएको छ ।

मुद्दामा लैङ्गिक विभेद, अवैध प्रतिशोध, भावनात्मक सङ्कटको दाबी पनि गरिएको छ । यो आरोपको भिन डिजेलले खण्डन गरेको बताइएको छ । भिन डिजेल फाष्ट एन्ड फ्युरिएस फ्रेन्चाइजीबाहेक ग्यालेक्सी, ट्रिपल एक्स र रिडिक्क फिल्मका लागि पनि चर्चित छन् । उनी हलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्दछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.