Nepal Times
Nepal Times
144
Shares

चीनमा ३४ हजार अनलाइन खाता बन्द, के आरोप छ ?

चीनमा ३४ हजार अनलाइन खाता बन्द, के आरोप छ ?

७ पुष,एजेन्सी ।
अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो अभियानमा ६ हजार तीन सय जनाभन्दा धेरै व्यक्तिलाई अफवाह कसुरमा कारबाही गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा निगरानी र नियन्त्रणमा राख्दै आएको छ । सामाजिक स्थायित्व र रक्षाका लागि सामाजिक सञ्जालमा पनि सेन्सरशिप छ । महामारी, सुरक्षा तथा प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने, अवैध र आपराधिक गतिविधिमाथि कडा निगरानी र कारबाही गरिएको एएफपीले जनाएको छ ।

आउँदो वर्ष २०२४ लाई अनलाइन अफवाहविरुद्ध लड्न विशेष कार्य वर्षको रूपमा अभियान चलाउने र कारबाही प्रक्रियालाई थप बढाउने चिनियाँ प्रहरीको तयारी छ । यसैबीच सीसीटीभीले अप्रिलमा क्लिन नेट अभियान सुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका विषयमा ५०० भन्दा बढी सामाजिक खाता बन्द गरेको बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.