×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

ओली–प्रचण्ड–देउवाको घेराबन्दीमा टीआरसी विधेयक

८ पुष २०८०

८ पुस, काठमाण्डौ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयपछि प्रमुख तीन शीर्ष नेताबीच छलफल भयो । सो छलफल संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

प्रधानमन्त्रीको सचिवालयका अनुसार शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भएको हो । उनीहरुबीच सोमबार पुनः छलफल गर्ने सहमति भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा विचाराधीन अवस्थामा छ ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी संघीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । त्यसैका लागि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अल्पमत र बहुमत पारित गर्नुभन्दा राष्ट्रिय सहमति जुटाएर पारित गर्न सभामुख देवराज घिमिरेले आग्रह गर्दै आएका छन् । शीर्ष नेताबीच सहमति नभई प्रक्रिया अनुसार विद्येयक अगाडि बढाउन उनले अनुरोध गरेका छन् ।

तर संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अघि बढाउन देखिएको अड्चन फुकाउन शीर्ष तहमा पटकपटक छलफल भएपनि सहमति जुट्न सकेको छैन । वर्तमान गठबन्धन सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन खोजेपछि उक्त प्रस्तावलाई प्रतिपक्षी दलले अस्वीकार गरेको थियो ।

सभामुखकै पहलमा समितिमा विधेयक लगेर छलफल गर्ने सहमति भएको थियो । त्यसपछि प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले उपसमिति गठन गरेको हो । संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्को शान्ति तथा मानव अधिकारमा समितिमा छ ।

समितिले उपसमिति बनाएर अधिकांश विषयमा सहमति गरेका छन् । उपसमितिले सहमतिमा नै प्रतिवेदन तयार गरेको छ । टुंगिन बाँकी रहेका ४ विषयहरु निम्न छन:

१. मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्या दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय ।

२.सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषय ।

३.मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय ।

४. घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषय ।

अब यी राजनीतिक तहमा टुंग्याउनु पर्ने विषय मात्रै टुंगिन बाँकी छ । तर सहमति नजुटेपछि पछिल्लो समय प्रक्रिया अर्थात अल्पमत÷बहुमतका आधारमा निर्णय गर्नुपर्ने पनि केही नेताहरूले बताएका छन् । पछिल्ला दिनहरूमा प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले सार्वजनिक रूपमै सहमति नजुटे प्रक्रियाबाटै विधेयक टुंग्याएर भए पनि जाने बताएका थिए ।

शुक्रबारको बैठकमा एमाले सचेतक महेश बर्तौलाले पनि सहमति नजुट्ने हो भने प्रक्रियामा जान पनि अवरोधक नबन्ने बताएका थिए । चारवटा विषयलाई प्रष्ट पार्दा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्र एक भएको सन्देश प्रवाह हुने उल्लेख गर्दै उनले भने, ‘केही गरी सहमतिमा पुग्न सकिएन भने लोकतान्त्रिक विधि र प्रक्रिया छ । यसका लागि हामी कोही पनि अवरोधक हुँदैनौं ।’

कानुनमन्त्री गुरुङले भने सरकारको प्राथमिकता सर्वसम्मति भएको बताए । त्यसका लागि सरकारले पहल पनि गरिरहेको भन्दै उनले बहुमतको प्रक्रियाबाट विधेयक टुंग्याउने हतारो नगर्न समिति सदस्यहरूलाई आग्रह गरेका थिए । शिर्ष तहमा छलफल भइरहेको भन्दै सहमतिको प्रयास सम्भव नभएमा मात्रै अर्को विकल्पमा सोच्नुपर्ने उनको धारणा छ ।

उनले सहमतिको प्रयासलाई छाडेर प्रक्रियामा गएर टुंग्याउँदा गलत सन्देश जान सक्ने बताएका छन् । बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले भने ‘दोहोरो भीडन्त बाहेकको हत्या’ भनेर मात्रै गम्भिर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताएका छन् । उनले स्वेच्छाचारीपूर्वक÷क्रुरतापूर्वक गरिएको हत्यालाई गम्भिर मानव अधिकार उल्लंघनको घटनाको रुपमा लिनुपर्ने बताएका छन् ।

त्यसैगरी विगतमै अयोग्य लडाकु भनिएका र राज्यले लोकतान्त्रिक योद्धा भनेर समेत सम्बोधन गरिसकेकाहरुलाई ‘सशस्त्र द्वन्द्वका क्रममा विभिन्न ढंगबाट जोडिएका र प्रभावित भएका व्यक्तिहरु’ भन्ने शब्द राखेर विधेयकमा सहमति जुटाउन सकिने उनले बताएका छन् ।

सरकारको नेतृत्वकर्ता दल माओवादीका सांसद पूर्णबहादुर घर्ती पनि सहमति नै खोज्नुपर्ने बताउँछन् । उनले अघि भने, ‘संक्रमणकालीन न्याय कुनै दलविशेषको विषय होइन । त्यसैले यसमा बहुमत र अल्पमतको बाटो रोज्ने विषय ठीक हुँदैन भन्नेमा सरकार छ ।’ त्यसैले उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक संसद्को आगामी हिउँदे अधिवेशन बाट पास गर्ने तयारी छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले भने प्रधानमन्त्री एवं माओवादी केन्द्रका प्रचण्डकै कारण शान्ति प्रक्रिया नटुंगिएको बताउँदै आएको छ । संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन नहुने एमालेको ठहर छ । २०५२ सालदेखि २०६२÷०६३ सम्म भएको सशस्त्र द्वन्द्वमा १७ हजार नेपालीले ज्यान गुमाएका थिए । ठूलो संख्यामा बेपत्ता छन्। धेरै अंगभंग भएका छन् । अर्बौंको संरचना क्षति पुग्यो । यो सबै भएको त्यति लामो समयसम्म पनि पीडितले भने न्याय पाएका छैनन् ।

बृहत् शान्ति सम्झौतामा दुई पक्षमध्ये सत्तापक्षबाट गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए । विद्रोही पक्ष माओवादीले नै हाल सरकारको नेतृत्व गरिएको छ । उक्त समय हालको सरकार पक्ष नेपाली कांग्रेस पनि सरकारको प्रमुख घटक हो ।

माओवादीविरुद्ध संकटकाल लगाउने प्रधानमन्त्री थिए कांग्रेस सभापति देउवा । उनले नै टाउकोका मूल्य तोकेका थिए । त्यो बेलाका द्वन्द्वरत पक्ष पालैपालो सरकारमा पुगेका छन् । अहिले त्यो बेलाको विद्रोही र सरकार पक्ष दुवै हाल सत्तापक्षमा नै भएकोले उनीहरू आफूलाई कुनै असर नगर्ने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउन चाहन्छन् ।

पीडितको भन्दा पनि आफू अनुकूल कानुन बनाउने ध्यान उनीहरूको छ । पीडितको स्मृति, सत्य, न्याय र परिपूरणको समग्र अधिकारलाई सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सुनिश्चित गरिनुपर्छ। तर, हालको नेपाल सरकारले आफू सुरक्षित हुने गरी कानुन बनाउन लागिपरेको छ । विधेयक आउनु अघिको छलफल नेता केन्द्रित मात्रै छ। जहाँ सिंगो द्वन्द्वपीडित विधेयकप्रति असन्तुष्ट छन् ।

विधेयकप्रति मानव अधिकार आयोग, द्वन्द्वपीडित सम्बद्ध संघसंस्थाले विमति राख्दै आएका छन् । यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top