Nepal Times
Nepal Times
3
Shares

बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

८ पुस, काठमाण्डौ ।
अन्तिम सुनुवाइका क्रममा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आजपनि अन्तिम फैसला आउन सकेन् । आज परेको पेसीमा सुनुवाइपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको छ ।

बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ । जारी सुनुवाइमा आज सुरुमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । आज दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन् । यसअघि मंसिर २४ गते न्यायाधीश पदमराज पाण्डेको इजलासमा मुद्दाको पेशी तोकिए पनि सन्दीपका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गरेको थियो ।

यसअगाडि न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्न आदेश दिएको थियो । लिखित बहस नोट पेस गर्न मंसिर २२ सम्मको समय दिएर,आजका लागि पेसी तोकिएको हो । बहसलाई छोट्याउन सरकारी पक्ष र प्रतिवादीका कानुन व्यवसायीबाट बहस नोट झिकाइएको हो ।

लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ । मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन ।

यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ को बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो । लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.