२ कार्तिक ,काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप आजै अमेरिका प्रस्थान गर्नेछन् । डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन लामो समय होल्डमा राखेर अहिले भिसा दिएको हो । यसअघि क्यानडा उड्नु अघि नै भिसाका लागि उनले आवेदन दिएका थिए । क्यान पदाधिकारीहरुले… Continue reading सन्दीपले पाए अमेरिकी भिसा, आजै अमेरिका उड्ने
Tag: #क्रिकेटर सन्दीप लामिछाने
सन्दीपविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने
२२ असोज ,काठमाण्डौ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा अब सर्वोच्च अदालतसम्म नपुग्ने भएको छ । यसअघि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने सरकारी वकिलको कार्यालयले जनाएपनि महान्यायाधिवक्ता कार्यालयले भने सन्दीपविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । यससंगै अब सन्दीपले सर्वोच्चको चुनौती सामना गर्नु नपर्ने भएको हो । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन… Continue reading सन्दीपविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने
सन्दीपलाई सजाय गराउने पक्षमा महान्यायाधिवक्ता कार्यालय
६ असोज, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो । अब… Continue reading सन्दीपलाई सजाय गराउने पक्षमा महान्यायाधिवक्ता कार्यालय
सन्दीपको आज फैसला हुने संभावना कति छ ?
१ जेठ ,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ । यसअघि पनि एकपटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट… Continue reading सन्दीपको आज फैसला हुने संभावना कति छ ?
१ नम्बरमा परेको सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’
२३ वैशाख , काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम… Continue reading १ नम्बरमा परेको सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’
सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?
१६ माघ ,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्यामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ आएको छ । जसमा अदालतले सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को आडमा बलात्कार गरेको ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको… Continue reading सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?
‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? डा. चन्द्र भण्डारीले खोजे परिभाषा
२६ पुष, काठमाण्डौ । नेपाल क्रिकेटका चर्चित क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै ८ वर्षको जेल सजाय तोकिएपछि सामाजिक संजालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । अदालतको फैसलापछि पीडित गौशाला २६ को भनिएको तस्विर सामाजिक संजालमा भाइरस भएपछि उनले थप कानूनी प्रक्रिया सुरु गरेकी छन् । आफ्नो तस्विर सार्वजनिक गरिदिने विभिन्न ६ वटा पेजविरुद्ध… Continue reading ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? डा. चन्द्र भण्डारीले खोजे परिभाषा
सन्दीपविरुद्ध बलात्कार मुद्दाको फैसला आज
१३ पुष, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । रमणकुमार श्रेष्ठको बहस नसकिएकाले… Continue reading सन्दीपविरुद्ध बलात्कार मुद्दाको फैसला आज
आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने
१२ पुष ,काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतमा वुधबार न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेको उक्ता मुद्दामा आज सुनुवाइ जारी रहनेछ । बुधबार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज सन्दीप पक्षका वकिलको बहस हुने छ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधबारसम्म १० जनाले बहस… Continue reading आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने
बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
८ पुस, काठमाण्डौ । अन्तिम सुनुवाइका क्रममा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आजपनि अन्तिम फैसला आउन सकेन् । आज परेको पेसीमा सुनुवाइपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको छ । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ । जारी सुनुवाइमा आज सुरुमा… Continue reading बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
सन्दीपविरुद्धको मुद्दामा आज फाइनल पेसी ?
२४ मंसिर,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो। सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुनः तोकिएको हो । जिल्ला अदालत काठमाडौंले विभिन्न… Continue reading सन्दीपविरुद्धको मुद्दामा आज फाइनल पेसी ?
एसियाड खेल्न सन्दीप चीन उडे
९ असोज, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि आज चीन उडेका छन् । एसियाडका लागि नेपाली टोली आइतबार नै चीन गएको थियो । तर सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि सोमबार नै उनी चीन जाने भनिएका थियो । तर उनी गएनन् । आइतबार साँझ… Continue reading एसियाड खेल्न सन्दीप चीन उडे
आज सन्दीपको सुनुवाइ, फैसला हुन्छ कि सर्छ ?
२१ भदौ,काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ । यसअघि पटक–पटक अन्तिम फैसलाका पेसी तोकिए पनि फैसला नभइ सर्दै आएको मुद्दाको आज (बिहीबार)लाई पेसी तोकिएको थियो। सन्दीपको मुद्दामा यसअघि भदौ १० गते पेसी तोकिएकोमा हेर्न नभ्याउने हुँदै सरेको थियो।… Continue reading आज सन्दीपको सुनुवाइ, फैसला हुन्छ कि सर्छ ?
एसिया कप खेल्न पाकिस्तान गए सन्दीप
११ भदौ, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । एसिया कप खेल्न उनी आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तान उडेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए । बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन् । तर हिजो पेसीमा… Continue reading एसिया कप खेल्न पाकिस्तान गए सन्दीप
सन्दीपविरुद्धको मुद्दा फेरि पनि हेर्न नभ्याइनेमा,भोलि पाकिस्तान जाने
१० भदौ , काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा आइतबारको पेसी स्थगित भएको छ। न्यायाधीश प्रकाशकुमार पण्डितको इजलामा पाँचौं नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो । उक्त मुद्दामा आज अन्तिम सुनुवाइ हुनुपर्ने थियो । क्रम संख्या अनुसार मुद्दाको पेसी पाँचौं नम्बरमा रहेकोमा आज पनि हेर्न नभ्याइनेमा राखिएको हो। मुद्दा सुनुवाइ नभएपछि लामिछाने… Continue reading सन्दीपविरुद्धको मुद्दा फेरि पनि हेर्न नभ्याइनेमा,भोलि पाकिस्तान जाने
सन्दीपसँग मागिएको क्षतिपूर्ति कति छ ?
११ असार, एजेन्सी । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथि आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ पहलो नम्बरमा रहेको छ । लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ नभई जबरजस्ती करणीको… Continue reading सन्दीपसँग मागिएको क्षतिपूर्ति कति छ ?
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि टुङ्गिएन
१६ जेठ ,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज पनि फैसला दिन सकेन । न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको सो मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो । न्यायाधीश राईले पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश… Continue reading क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि टुङ्गिएन
सन्दीपको फैसला आज,जेल जालान् कि मैदान फर्किएलान ?
१६ जेठ, काठमाण्डौ । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता मुद्दाको अन्तिम फैसलाका लागि आजलाई पेसी तोकिएको छ । उनको पेशी न्यायाधीश शंकरबहादुर राईको इजलासमा परेको छ। पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आजै सुनुवाइ हुने सम्भावना देखिएको छ। यसअघि गत मंसिर ७ देखि १४ गतेसम्म उक्त मुद्दाका पक्ष–विपक्ष… Continue reading सन्दीपको फैसला आज,जेल जालान् कि मैदान फर्किएलान ?
सन्दीपका लागि आज आउला अन्तिम फैसला ?
११ वैशाख, काठमाण्डौ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पनि पेशी चढेको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ । पेशी चौथौ नम्बरमा छ । यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी… Continue reading सन्दीपका लागि आज आउला अन्तिम फैसला ?
सन्दीपको अन्तिम सुनुवाइ किन गरियो स्थगित ?
१३ चैत, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामादेखि हुने अन्तिम सुनुवाइ रोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी परेपछि सन्दीप पक्षले सुनवाइ रोक्न भन्दै निवेदन दिएका थिए। सन्दीप पक्षको निवेदनपछि सुनुवाइ रोकिएको हो। अब अर्को पेसी आगामी साता मात्रै हुने सन्दीपका वकिल सरोज घिमिरेले बताए। घिमिरेले नै यसअघि सन्दीपलाई… Continue reading सन्दीपको अन्तिम सुनुवाइ किन गरियो स्थगित ?
सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ
१३ चैत , काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । ’फास्ट ट्र्याक’बाट मुद्दा सक्न सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताएका छन् । यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम… Continue reading सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ
सन्दीप विदेश जाने-नजाने टुंगो लाग्दै
१४ फागुन, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।यस्तै लामिछानेलाई थुनामा राख्ने कि… Continue reading सन्दीप विदेश जाने-नजाने टुंगो लाग्दै
सन्दीपविरुद्धको अभियोग तयार,१४ गते पेश हुने
६ कात्तिक , काडमाण्डौ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप दुई दिन अनुसन्धानका लागि समय थपेको… Continue reading सन्दीपविरुद्धको अभियोग तयार,१४ गते पेश हुने