×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

सन्दीपको आज फैसला हुने संभावना कति छ ?

१ जेष्ठ २०८१

१ जेठ ,काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ । यसअघि पनि एकपटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो ।

Advertisement
Advertisement

गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र अर्का न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको थियो । जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेपछि त्यसविरुद्ध उच्च अदालतमा सरकार र सन्दीप दुवै पुगेका छन् । जिल्ला अदालत काठमाडौँले गौशाला २६ को जाहेरीमा सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएको थियो ।

फैसलामा जिल्लाले दुई वटा कुरामा व्याख्या गरेको थियो । जिल्ला अदालतले जाहेरीकर्ता गौशाला २६ लाई बालिग ठहर गरेको थियो । उनलाई बालिग ठहर गरेसँगै सजाय फौजदारी संहिता अन्तर्गत कम भएको थियो । नाबालिग करणीमा १२ वर्षसम्म कैद हुनेमा उनलाई आठ वर्ष मात्र ठहर गरेको थियो ।

जिल्ला अदालतको उक्त फैसलाले लामिछानेले थुनाबाहिर रहेर मुद्दा लड्न पाएका थिए । जिल्लाले उनलाई सफाइ दिँदा लिएका आधारहरूलाई सरकारी वकिलहरूले चुनौती दिने छन् । सन्दीपका कानुन व्यवसायीले भने जिल्लाको फैसलालाई आधार मान्दै बालिगका बिचमा भएको यौन सम्बन्ध बलात्कार नहुने भएकाले सफाइ पाउनुपर्ने माग गर्ने छन्।

दुवै पक्षको बहसपछि उच्चले उनलाई सजाय निर्धारण गर्ने छ। उच्चले सफाइ दिएमा उनी पुनः क्रिकेट क्यारियरमा फर्कने छन् भने दोषी नै ठहर गरेमा निलम्बन कायमै हुने छन् । पछिल्लो समय सडकमा समेत सन्दीपका पक्षमा आवाजहरु उठ्न थालेका छन् । उनले विश्वकप खेल्न पाउनु पर्ने उनका समर्थकहरुले बताउने गरेका छन् ।

उच्चले जिल्लाकै सदर गर्ने कि उल्ट्याउँदै सजाय थप गर्नेवारे पनि निर्णय सुनाउने छ। उच्चले जिल्लाको सवै अभियोग बदर गरेर नयाँ ठहर गरेमा उनलाई बढीमा १२ वर्षसम्मको सजाय निर्धारण गर्ने छ। यदि यो विकल्पमा उच्च अदालत गएमा उनी थुनामै बसेर सर्वोच्च जाने पाउने छन् । यदि जिल्लाको सदर गरेमा भने उनका लागि थुनाबाहिर रहेर सर्वोच्च जाने बाटो रहने छ ।

Advertisement

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरकोको अभियोग लगाइएको छ। उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यही धारा अन्तर्गत सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top