Nepal Times
Nepal Times
3
Shares

१ नम्बरमा परेको सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’

१ नम्बरमा परेको सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’

२३ वैशाख , काठमाण्डौ ।

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएका थिए । सन्दीपका लागि निकै महत्वपूर्ण सुनुवाइ हेर्न नमिल्ने भएपछि उनको विश्वकप खेल्न पाउने झिनो आशा पनि टर्दै गएको छ ।

यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी–२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्यामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्यामा दोषी ठहर गर्दै किशोरी भने नाबालिक नरहेको फैसला सुनाएको थियो ।

सन्दीपलाई ८ वर्ष कैद, ३ लाख जरिवान र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए । सन्दीप उच्च अदालत पुगेलगत्तै १ चैत्रमा सरकारी पक्षपनि पीडित गौशला २६ नाबालिक रहेको भन्दै उच्च अदातल पुगेको छ ।

अदालतले जिल्लाको फैसला सदर गरे सन्दीप जेल जानुपर्नेछ भने पुनरावलोकन गरे अदालतको नयाँ फैसला वमोजिम हुनेछ । अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेसँगै क्यानले सन्दीपलाई क्रिकेटबाट निलम्बन गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.