Nepal Times
Nepal Times
3
Shares

आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने

आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने

१२ पुष ,काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतमा वुधबार न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेको उक्ता मुद्दामा आज सुनुवाइ जारी रहनेछ । बुधबार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज सन्दीप पक्षका वकिलको बहस हुने छ ।

वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका छन् । ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो । बहस सकिए आजै नत्र शुक्रबारसम्म फैसला हुने सम्भावना छ । आज सन्दीपका पक्षमा वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापा, किशोर सापकोटा, अधिवक्ता सरोजकृष्ण घिमिरेलगायतले बहस गर्दैछन् ।

हिजोसम्म जाहेरवाला किशोरीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियार तथा अधिवक्ताहरू मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशि अधिकारी, नारायण चौलागाईं, प्रतिमा कँडेल खरेल र लेखनाथ भट्टराईले बहस गरेका थिए ।

उनीहरुले अभियोग मागदाबी बमोजिम प्रतिवादी लामिछानेलाई सजाय हुनु पर्ने हो कि होइन र पीडित नाबालिग हो वा होइन भन्ने निर्क्यौल अदालतले गर्नु पर्ने भएकाले यी नै विषयमा केन्द्रित रहेर बहसनोट बुझाएका छन्। २०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको जाहेरवाला किशोरीको दाबी छ ।

जाहेरीमा पीडित नाबालिग रहेको दाबीसहित सन्दीपलाई १० देखि १२ वर्षसम्म कैदको माग गरिएको छ । सन्दीपले भने अभियोग अस्वीकार गर्दै जाहेरवाला नाबालिग नभएको पनि दाबी गरिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.