कोरोनाबाट चर्चित भारतीय अभिनेताको मृत्यु

१२ पुष ,एजेन्सी।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतीय अभिनेता विजयकान्तको निधन भएको छ । दक्षिण भारतीय (तामिल) सिनेमाका चर्चित अभिनेताको बिहीबार निधन भएको हो। चेन्नई अस्पतालका अनुसार ७१ वर्षीय विजयकान्त कोभिड १९ बाट संक्रमित थिए ।

Advertisement

अभिनेता विजयकान्त निमोनियाको संक्रमणपछि अस्पताल भर्ना भएका थिए। परीक्षणका क्रममा उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। अस्पतालले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विजयकान्त निमोनियाका कारण भर्ना हुनुभएको थियो, र उहाँलाई भेन्टिलेटरी सपोर्टमा राखिएको थियो। मेडिकल स्टाफले गरेको केयौं प्रयासका बाबजुद उहाँलाई बचाउन सकिएन।

२८ डिसेम्बर २०२३ को बिहान उहाँको निधन भएको छ।’ विजयकान्तको अभिनय यात्रा निकै शानदार रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । उनले करिब १५४ चलचित्रमा काम गरेर आफ्नो छुट्टै पहिचान बनाएका थिए । उनले नरसिम्हा, क्याप्टेन प्रभाकरण, धर्म चक्रम जस्ता सुपरहिट फिल्ममा काम गरे । यति मात्र होइन उनी सफल निर्देशक र निर्माता पनि थिए ।

Advertisement

यसपछि विजयकान्तले राजनीतितिर मोड लिए । उनी सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधानसभामा विपक्षी दलका नेता थिए। उनले तमिलनाडुको डीएमडीके पार्टी पनि स्थापना गरेका थिए । कोरोना JN.1 को नयाँ संस्करण भारतका ८ राज्यमा फैलिएको छ । हालसम्म त्याहा देशभर १ सय १० जनामा संक्रमण देखिएको छ ।

जसमध्ये सबैभन्दा बढी ३६ गुजरातमा रेकर्ड भएका छन्। यस प्रकारका १० केसहरू महाराष्ट्रमा र एउटा दिल्लीमा भेटिएको छ । पछिल्लो २४ घण्टामा त्याहा JN.1 का ४१ जना बिरामी फेला परेका छन् । भारतमा दैनिक ४ सयदेखि ६ सयसम्म कोरोनाका संक्रमितहरु थ्पिदै आएका छन् ।

Advertisement

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१७ जनाको कोरोना रिपोर्ट पोजेटिभ, ६०३ बिरामी निको र ३ जनाको मृत्यु भएको छ । यसअघि सोमबार ६३८ नयाँ संक्रमित भेटिएका थिए भने मंगलबार ४१२ नयाँ संक्रमित भेटिएका थिए । जसमध्ये सबैभन्दा बढी केरलामा ३५३, कर्नाटकमा ७४ र महाराष्ट्रमा १२४ जना संक्रमित छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top