पुटिनले मोदीलाई नयाँ वर्षमा किन रुस बोलाए ?

१२ पुष ,एजेन्सी।
रुसको भ्रमणका क्रममा भारतमा परमाणु उर्जा उत्पादनमा रुसी सहयोगका लागि सम्झौता गरेका भारतीय विदेशमन्त्रीले बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । भेटमा दुई नेताबिच युक्रेन युद्धदेखि विभिन्न मुद्दामा चर्चा भएको छ । सोक्रममा राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस आउने निमन्त्रणासमेत दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुटिनले विदेशमन्त्री जयशंकरलाई भनेका थिए, ‘हामीलाई हाम्रो मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसमा हेर्न पाउँदा खुसी हुनेछौँ ।’ विश्वभर उथलपुथल चलिरहँदा रुस र भारतको सम्बन्ध भने मजबुत भइरहेको राष्ट्रपति पुटिनको भनाई थियो ।

पुटिनले युक्रेनसँगको युद्धको बारेमा प्रधानमन्त्री मोदीलाई कयौँपटक जानकारी दिइसकेको पनि बताएका थिए । ‘मलाई थाहा छ, मोदीजी यो सङ्कटको शान्तिपूर्ण समाधान चाहनुहुन्छ । म उहाँसँग भेटेर यस मुद्दामा छलफल गर्न चाहन्छु,’ उनले जयशंकरसँग भने । रुसले दुई देशबिचको कारोबार केवल तेल, कोइला र ऊर्जासँग सम्बन्धित उत्पादनमा मात्र सीमित नभएको बताएको छ ।

भारतको तमिलनाडुमा निर्माण गरिएको कुडनकुलम परमाणु ऊर्जा संयन्त्रको क्षमता वृद्धिमा रुसले सहयोग गर्ने समझदारी यो भ्रमणमा भएको छ । फेब्रुअरी २०१६ देखि कुडनकुलम पावर प्लान्टबाट १ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । सन् २०२७ भित्र यो प्लान्ट पूर्ण क्षमतामा सन्चालन हुने बताइएको छ ।

रक्षा क्षेत्रमा रुससँग भारतको लामो र व्यापक सहयोग छ । रुसी रक्षा उपकरणमा भारतको निर्भरता पनि लुकेको छैन । भारत अझै पनि रक्षा क्षेत्रमा ६० देखि ७० प्रतिशत सामानका लागि रुसमाथि निर्भर छ । भारत रक्षा क्षेत्रमा रुससँगको निर्भरताको अवस्था बदल्ने प्रयास गरिरहेको छ ।

रुस–युक्रेन युद्ध सुरु भएदेखि पश्चिमाको प्रतिबन्ध र अमेरिकी दबाबका बीच भारतले रुसबाट सहुलियत दरमा कच्चा तेल खरिद गरिरहेको छ । कूटनीतिज्ञका रूपमा जयशंकरले सन् १९७८ मा मस्कोस्थित भारतीय दूतावासमा पहिलो पोस्टिङ पाएका थिए ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top