१२ पुष ,काठमाण्डौ ।
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख २२ हजार कायम भएको छ । अघिल्लो दिनका तुलनामा यो १ हजार ३ सयको बढोत्तरी हो भने गत आइतबारका तुलनामा २ हजार १ सय रुपैयाँ बढी हो ।
बुधबार प्रति तोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो । साताको प्रारम्भमा गत आइतबार र सोमबार प्रति तोला १ लाख १९ हजार ९ सयमा स्थिर रहेर कारोबार भएको थियो । त्यसमा ६ सय बढ्दा गत मंगलबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ थियो ।
यसअघि मंसिर १८ गते प्रतितोला सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै आज तेजाबी सुन १ लाख २१ हजार ४०० रुपैयाँ पुगेको छ । यसैगरी चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अ
न्तर्राष्ट्रिय बजारमै मूल्यमा क्रमिक वृद्धि छ । बिहीबार सुनचाँदी दुवैको कारोबार मूल्य बढेको छ । सुन प्रति औंस २०८७.१३ डलरले कारोबार भइरहेको छ । बुधबार २०६४.७७ डलर थियो भने सामान्य गिरावटसँगै मंगलबार २०६१.७२ डलरले कारोबार भएको थियो । चाँदी प्रति औंस २४.४६ डलर छ । बुधबार २४.२१ डलर थियो भने मंगलबार २४.३५ डलरले कारोबार भएको थियो ।