सांसद कोइरीः पहिले फरार, अहिले निलम्बन फुकुवा गर्न हतार

८ पुस, काठमाण्डौ ।

नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । आज दिउँसो संसद सचिवालयमा कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्। कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा थिए । त्यसअघि उनी एकाध पटक संसदमै उपस्थित देखिएका थिए ।

Advertisement

उनलाई लिएर कांग्रेस र रास्वपाका सांसदहरुबीच कयौं पटक आरोपप्रत्यारोप चलेको थियो । संसदमा कोइरीको खोजी भइरहँदा उनी भने कानुनलाई सघाउनको साटो फरार रहेका थिए । तर गत मंसिर २८ गते भने जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको छ ।

त्यसपछि भने कोइरी सार्वजनिकरुपमै आफ्नो गतिविधि गर्दैछन् । सोही क्रममा आज निलम्बन फुकुवाको निवेदन दिएपछि उनले भने, ‘अदालतबाट निर्दोष भएपछि मेरो निलम्बन फुकुवाका लागि निवेदन दिएको छु । अब प्रक्रिया सुरु हुन्छ भन्नुभएको छ ।’ कोइरीले कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेलाई निलम्बन फुकुवाको पत्र दिएका हुन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top