Nepal Times
Nepal Times
3
Shares

सांसद कोइरीः पहिले फरार, अहिले निलम्बन फुकुवा गर्न हतार

सांसद कोइरीः पहिले फरार, अहिले निलम्बन फुकुवा गर्न हतार

८ पुस, काठमाण्डौ ।

नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । आज दिउँसो संसद सचिवालयमा कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्। कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा थिए । त्यसअघि उनी एकाध पटक संसदमै उपस्थित देखिएका थिए ।

उनलाई लिएर कांग्रेस र रास्वपाका सांसदहरुबीच कयौं पटक आरोपप्रत्यारोप चलेको थियो । संसदमा कोइरीको खोजी भइरहँदा उनी भने कानुनलाई सघाउनको साटो फरार रहेका थिए । तर गत मंसिर २८ गते भने जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको छ ।

त्यसपछि भने कोइरी सार्वजनिकरुपमै आफ्नो गतिविधि गर्दैछन् । सोही क्रममा आज निलम्बन फुकुवाको निवेदन दिएपछि उनले भने, ‘अदालतबाट निर्दोष भएपछि मेरो निलम्बन फुकुवाका लागि निवेदन दिएको छु । अब प्रक्रिया सुरु हुन्छ भन्नुभएको छ ।’ कोइरीले कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेलाई निलम्बन फुकुवाको पत्र दिएका हुन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.