नेपालमा घलेको सुनराज्य कसरी चलेको थियो ?

८ पुस, काठमाण्डौ ।
१४ केजी सुनसहित पक्राउ परेको गिरोहले यसअअघि नै १३८ केजी सुन नेपाल भित्र्याइसकेको खुलेको छ । यो खुलासा छानबिन समितिले गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए । उनले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए ।

उनी विमानबाट ओर्लिनासाथ पक्राउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो । उक्त तस्करी प्रकरणबारे अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा विमानस्थलका डीएसपी सूर्य सुवेदीसहितको ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ । समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए । मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।

Advertisement

मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ ।

घले पक्राउ परेकै दिन चन्द्रकुमारले सुन मीनबहादुर घलेको भएको र आफू भरिया मात्रै रहेको बयान प्रहरी र भन्सार कार्यालयका कर्मचारीलाई दिए । त्यही बयानका आधारमा मीनबहादुर समेत पक्राउ परेका थिए । ८ जना सरसफाइ कर्मचारी पक्राउ परेका छन् । त्यस्तै दुवईबाट सुन तस्करी गर्ने अर्का आरोपी स्याङ्जाका कृष्णकुमार श्रेष्ठलाई समेत पक्राउ गरिएको छ ।

छानबिन समितिका संयोजक उपसचिव मणिराम पौडेलका अनुसार, दुबईबाट तस्करीको सुन बोकेर त्रिभुवन विमानस्थलसम्म ल्याउने प्रमुख पात्र कृष्ण श्रेष्ठ र चन्द्र घले हुन् । त्यहाँबाट विमानस्थलकै सरसफाई कर्मचारीकै सहयोगमा सुन बाहिर ल्याउने गरेको देखिएको छ । चन्द्र घले र कृष्ण श्रेष्ठले पटक–पटक गरी क्वीन्टल भन्दा बढी सुन तस्करी गरेको समितिको दाबी छ ।

समितिको अनुसन्धानका क्रममा श्रेष्ठ र घलेले प्रत्येक पटक दुबईबाट १४ किलो नै ल्याउने गरेको आशंका गरेको छ । समितिको अनुसन्धानका क्रममा चन्द्र भन्दा कृष्ण श्रेष्ठले बढी सुन तस्करी गरेको देखिएको छ । उनी २०१९ देखि नै पटक–पटक दुबई काठमाडौं ओहोर–दोहोर गरेको खुलेको छ ।

श्रेष्ठले आफैंले पनि ७ पटक १४ किलोको दरले सुन दुवईबाट विमानस्थलसम्म ल्याएको स्वीकार नै गरेका छन् । हालसम्म सो प्रकरणमा ११ जना पक्राउ परेका छन् । जसमध्ये तस्करी गर्ने माथिल्लो तहका मिनबहादुर घले, कृष्णकुमार श्रेष्ठ र चन्द्र घले भएको खुलेको छ ।

त्यस्तै, पक्राउ परेका शेरबहादुर बस्नेत उड्डयन प्राधिकरणका सरसफाइ कर्मचारी र लेकबहादुर तामाङ कार्यालय सहयोगी हुन् । उनीहरूबाहेक समितिले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिइसकेको छ । अझै अनुसन्धान जारी छ ।

सुनका मालिक भारतीय रहेको र आफू सेटिङ मिलाउने भूमिकामा मात्रै सीमित रहेको दाबी मीनबहादुरको छ । अध्यागमन विभागको रेकर्ड अनुसार, चन्द्र घले २४ पटक काठमाडौं–दुबई ओहोर–दोहोर गरेको देखिन्छ भने कृष्णले श्रेष्ठ २६ पटक ओहोर–दोहोर गरेको देखिएको छ । उनीहरुले दुवईबाट सुन विमानस्थलको शौचालयमा राख्ने र त्यहाँबाट सरसफाई कर्मचारीले बाहिर पास गर्ने गरेको भेटिएको छ ।

त्यो काम एक पटक गरेबापत् उनीहरुले एक लाख रुपैयाँसम्म पाउने र संलग्न कर्मचारीले बाँडफाँड गरेर लिने गरेको समितिको दाबी छ । त्यस्तै दुवईबाट सुन तस्करी गर्ने श्रेष्ठ र घले ६० हजार तथा मिन घलेले एकलाख पाउने गरेको बयान समितिलाई दिएका छन् । पौडेलका अनुसार, चन्द्र घले र कृष्ण श्रेष्ठले दुवैले गरेर एक सय २४ किलो सुन तस्करी गरेको स्वीकार गरेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top