Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज जम्बो सांगितिक प्रस्तुती

विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज जम्बो सांगितिक प्रस्तुती

९ पुष ,विराटनगर ।
शुक्रबारदेखि विराटनगरमा सुरु भएको मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने एक्स्पोमा आज सोमबार भने चर्चित गायक गायिकाहरुको ओइरो लाग्ने भएको छ । आजको क्रिसमस डे विशेष कार्यक्रममा चर्चित गायिका आस्था राउत , रचना रिमाल , Rock heads व्यान्ड लगायतको सांगितिक प्रस्तुति रहन आयोजकले जनाएकोे छ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाइने मेला आयोजक समितिका संयोजक एवम मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहले बताएका छन् । पुस १६ समेतसम्म आयोजना हुने एक्स्पोमा स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन र विकासलाई जोड दिइएको जनाइएको छ ।

आर्कषणका रुपमा रुपमा सेल्फी जोन, किड्स जोन तथा जर्मन प्रविधिको हेंगेरीमा निर्मित स्टलहरु पशुपतिनाथ र स्वयंभु प्यागोडा शैलीमा निर्मित रहेको छ । संघका अध्यक्ष नवीन रिजालले मुलुकको आर्थिक मेरुदण्ड रहेका उद्योग र व्यवसायको हकहित, संरक्षण एवं औद्योगिक क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि यस पटकदेखि संघकै नामबाट एक्स्पो आयोजना गरिएको जानकारी दिए ।

मोरङ व्यापार संघले यसपटकदेखि आफ्नै नामको ब्राण्डमा एक्स्पो अर्थात उद्योग व्यापार मेला आयोजना गरेको हो । संघले विस २०५३ मा कोशी महोत्सव आयोजना गरेयता विभिन्न नाममा महोत्सव तथा एक्स्पोहरू गर्दै आएको थियो । मेलाबाट १० करोडको कारोवार हुने अनुमान सहित चारलाख अवलोकनकर्ता आउने आयोजक मोरङ व्यापार संघको अपेक्षा रहेको छ ।

पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन आयोजकले आग्रह गरेको छ । प्रवेश शुल्क एक सय तोकिएको एक्स्पोमा उल्लेखीय संख्यामा अवलोकनकर्ताहरु आईरहेको आयोजकले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.