रविले गृहमन्त्रीको पोल खोले, तस्करीको प्रमाण दिँदा संरक्षण गरे

९ पुष ,विराटनगर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको गम्भिर आरोप लगाएका छन्। सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएपनि कारबाहीको साटो संरक्षण गरेको बताएका छन् ।

उनले भने मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ। धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो। मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ। मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ।

झलकराम अधिकारी उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ। अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो । यी सामान छ कि छैन हेर्नुस्। केके सामान गएका छन्। यो काम कसले ग¥यो झलकराम सुवेदीले गर्नुभयो। उहाँ गृहमन्त्रीको नजिकको मान्छे।

Advertisement

उहाँलाई यो मोड्नुप¥यो राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो। मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो। उहाँले कारबाही गर्नुहोला भनेको त । गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि।

अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन । तपाईँ सम्हाल्नुस् । अहिले मात्रै होइन बाचुन्जेल गृहमन्त्री खानुहोला । भलै तपाईँलाई गृहमन्त्री बन्नको लागि चुनाव हारे पनि जित्नु परेन तर म यो देशको सबैभन्दा धेरै मत ल्याएको सांसदको हैसियतले भन्न चाहन्छु गृहमन्त्रीज्यू तपाईँ आफ्नो मान्छेहरूलाई जोगाउनुहोला ।

Advertisement

लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको पनि बताएका छन् । पोखरामा आफूमाथि भएको मकैको खोया प्रहारसमेत ‘वेल प्लान्ड’ जस्तो देखिएको उनको भनाइ छ । लामिछानेले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको दाबी गरे ।

आफूले १ करोड ऋण लिएको प्रमाण चाहिने उनको भनाइ छ । ‘मैले लोन लिएको प्रमाण चाहियो । मैले लिएको भनिएको ऋण १ करोड तिर्न पाउनुप¥यो’, लामिछानेले भने, ‘जुन सहकारीमा म सदस्य छैन । लोन मैले लिएको भन्ने छ तिर्न पाउँ ।’

उनले आफूले ग्यालेक्सी टिभी छाडेको एक वर्ष भइसकेको र त्यहाँ हुँदा टिभीसँग निश्चित सम्झौता गरेर काम गरेको बताए । रविलाई पोखरामा खोया हान्ने ब्यक्ति भने अहिले प्रहरी नियन्त्रणमा छन् । उनीमाथि अनुशन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top