Nepal Times
Nepal Times
3
Shares

हेर्दाहेर्दैमा रहेको सन्दीपको मुद्दामा बुधबार फैसला हुने

हेर्दाहेर्दैमा रहेको सन्दीपको मुद्दामा बुधबार फैसला हुने

९ पुष , विराटनगर ।

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अब बुधबार सुनुवाइ हुने भएको छ । सो मुद्या आइतबार हेर्दाहेर्दैमा परेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दा हेर्दाहेर्दैमा परेको हो । हेर्दाहेर्दैमा रहेको मुद्दा सोमबार र मंगलबार दुई दिन लगातार सार्वजनिक बिदा भएकाले बुधबार मात्रै सुनुवाइ हुने भएको हो ।

अब बुधबार बाँकी सुनुवाइ सकिएमा त्यसै दिन फैसला आउन सक्ने बताइएको छ । डेढ वर्षदेखि विचाराधीन मुद्दा कहिले हेर्न नभ्याइने, कहिले हेर्न नमिल्नेमा पर्दै, कहिले स्थगित हुँदै आएको छ । यसकारण मुद्दा टुंग्याउन ढिलासुस्ती गरेको आरोप अदालतमाथि लागेको छ ।

सर्वोच्च अदालतले जबर्जस्ती करणीसम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अर्थात् प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेको छ । तर पनि यो मुद्दा लम्बिँदै गएको छ । २०७९ कात्तिकमा क्रिकेटर लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो ।

जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ गरिरहेको टिप्पणी हुन थालेको छ । आइतबार अन्तिम बहसका लागि दैनिक पेसीमा चढेको मुद्दामा सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । मुद्दामा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि मंसिर २४ मा पेसी चढेको मुद्दा लामिछाने पक्षका कानुन व्यवसायीहरूले स्थगित गरेका थिए । पीडित किशोरीको उमेरमाथि प्रश्न उठाउँदै आएपछि अदालतले जन्मदर्तादेखि बसाइसराईसम्मको माग्ने आदेश गरिसकेको छ । हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने आदेश, हेर्दाहेर्दैमा अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.