×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

विनोद चौधरीका छोरा श्रीलंकामा सुन फलाउँदै

८ पुष,एजेन्सी ।
विश्वकै धनाढ्य सूचीमा पर्ने नेपालका एक्ला अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका छोरा निर्वाण चौधरी श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको संचालक समितिको अध्यक्ष बनेका छन् । उनी चौधरी समूहका उपाध्यक्षसमेत हुन् । निर्वाणलाई गत बिहिबार यूनियन बैंकको अध्यक्ष पदमा नियुक्त गरिएको थियो । उनी नबिल बैंकका सञ्चालक समेत हुन् ।

चौधरी समूहले ०७९ मंसिरमा यूनियन बैंक अफ कोलम्बोको ७०.८४ प्रतिशत सेयर किनेको थियो । श्रीलंका चरम आर्थिक संकटमा फसेका बेला श्रीलंकाको आठौं ठूलो बैंक रहेको यूनियन बैंक अफ कोलम्बोको पनि समस्यामा परेको थियो । चौधरी समूहको सिजी क्यापिटल पार्टनर्सले ९ अर्ब १० करोड श्रीलंकाली रुपैयाँमा उक्त सेयर किनेको थियो ।

Advertisement
Advertisement

सिजी क्यापिटल पार्टनर्स चौधरीको सीजी कर्प ग्लोबल र रविभक्त श्रेष्ठ अध्यक्ष रहेको आइजे ग्रुप (साबिक एनई ग्र्ुप)को संयुक्त लगानीमा सिंगापुरमा दर्ता भएको निजी इक्विटी कम्पनी हो । निर्वाण गत अक्टोबर २०२३ मा यूनियन बैंकको सञ्चालक समितिमा सञ्चालक नियुक्त भएका थिए ।

उनी सिंगापुरमा रहेको सिजी क्यापिटल पार्टनर्स प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा बैंकमा सञ्चालक भएका हुन् । ७०.८४ प्रतिशत सेयर स्वामित्व रहेको चौधरी समूहका तर्फबाट नेपाली नागरिक सञ्जय पोखरेल र मलय मुखर्जीलाई सञ्चालकमा नियुक्ति गरिसकेको छ ।

मुखर्जी संस्थापक सेयरधनीका तर्फबाट नबिल बैंकको सञ्चालक पनि हुन् । त्यतिमात्र होइन, मुखर्जी यूनियन बैंक अफ कोलम्बोको सहायक कम्पनी युबि फाइनान्सका अध्यक्ष हुन् भने पोखरेल सदस्य हुन् । विश्वविख्यात म्यागेजिन फोर्ब्सको डलर अर्बपतिको सूचीमा पर्ने पहिलो र एकमात्र नेपाली व्यवसायी विनोदका जेठा छोरा हुन् निर्वाण ।

काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका निर्वाणले र लन्डन बिजनेस स्कूल, बेलायत र अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उद्यमशीलता विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

निर्वाणले चौधरी समूहका खासगरी बैंक तथा वित्तीय संस्था, प्रविधि र अटोमोवाइल क्षेत्रको व्यवसाय हेर्दै आएका छन् । चौधरी समूह र इन्डियन होटल्स कर्पोरेसन लिमिटेडको संयुक्त लगानीमा चर्चित ताज होटेल श्रीलंकाको कोलम्बोमा रहेको समुद्री तटमा सन् २००१ देखि सञ्चालित छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top