जापानको निशानामा चीन, रक्षा बजेट १६ प्रतिशत बढ्यो

८ पुष,एजेन्सी ।
जापानले आफ्नो रक्षा बजेट बढाएको छ । प्रधानमन्त्री फुमियो किशिदाले रक्षा बजेटमा बृद्धिले उत्तर कोरिया र चीनमा प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्रको तैनाथीलाई गति दिने बताएका छन् । यस बजेटबाट जापानी सेनाले ३५ स्टेल्थ लडाकु विमान र अन्य अमेरिकी हतियारहरूका साथ आफ्नो सैन्य क्षमतालाई अझ बलियो बनाउन सक्षम हुनेछ।

जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ बिलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ । जसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ । अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेको हो ।

विशेष गरी रक्षा बजेट ७.९५ ट्रिलियन येन रहेको छ । कुल बजेटमध्ये १ हजार २४७.७ बिलियन येन क्षेप्यास्त्र रक्षा उपकरण र ७३४ बिलियन येन लामो दूरीका मिसाइलहरूका लागि छुट्याइएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष राष्ट्रिय रक्षा खर्चलाई आगामी पाँच वर्षमा कुल ४३ ट्रिलियन येन पु¥याउने वाचा गरेका थिए ।

Advertisement

आर्थिक वर्ष २०२७ मा वार्षिक बजेटलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने घोषणा गरेका थिए । जापान सरकारले विदेशी कम्पनीहरूबाट इजाजतपत्रमा निर्मित हतियार र गोला बारुदको निर्यातमा प्रतिवन्धलाई आफ्नो देशहरूमा र सशर्त रूपमा तेस्रो देशहरूमा प्रतिरक्षा उपकरण र प्रविधि हस्तान्तरण र कार्यान्वयन दिशानिर्देशहरूमा परिमार्जित तीन सिद्धान्तहरू अन्तर्गत खुकुलो पारेको छ ।

रक्षा बजेटमा टाइप–१२ क्रुज मिसाइल र अमेरिकी निर्मित टमाहक्सका साथै लामो दुरीका क्षेप्यास्त्रको विकासका लागि ७३४ अर्ब येन विनियोजन गरिएको छ । प्रधानमन्त्री किशिदाले आगामी ५ वर्षका लागि सैन्य शक्ति निर्माण कार्यक्रम घोषणा गरेका छन् । जापानले सन् २०२७ सम्ममा सैन्य शक्ति बढाउन ४३ ट्रिलियन येन खर्च गर्ने योजना बनाएको छ । यो वृद्धिसँगै जापान अमेरिका र चीनपछि सबैभन्दा बढी सैन्य खर्च गर्ने विश्वको तेस्रो मुलुक बन्ने उल्लेख छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top