×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित

९ पुष २०८०

९ पुष , विराटनगर ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित भएका छन् । व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका भुर्तेललाई एनआरएनए (एनएसडब्लु) राज्य समितिले सम्मान गरेको हो । एनआरएनए एनएसडब्लु राज्य समिति र असल्याण्डले संयुक्त रूपमा शनिबार सिड्नीमा आयोजना गरेको कार्यक्रममा क्रिकेटर भुर्तेललाई सम्मान गरिएको हो ।

भुर्तेललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई सम्मान गर्न पाउनु गर्वको कुरा रहेको बताए । खेलाडीलाई धेरथोर सहयोग होस् भनेर सम्मान गर्ने गरेको अध्यक्ष कुँवरले बताए ।

Advertisement
Advertisement

सिड्नी आउने हरेक नेपाली राष्ट्रिय खेलाडीलाई जहिले पनि यही तहमा सम्मान गर्ने घोषणासमेत गरे । रूपन्देहीमा निजी लगानीबाट एक्ट्राट्रेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका कुँवरले आगामी फागुन भित्रमा आफ्नो मैदानमा खेल खेल्न मिल्ने जानकारीसमेत गराए ।

उनले कुनै पनि राष्ट्रिय खेलाडीलाई जीवन चलाउन देश छोड्नु नपरोस् भनेर आफूले त्यसका लागि सकेको सहयोग गर्ने बाचासमेत गरे । सो क्रममा कुशल भुर्तेलले पनि आफु क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विधार्थी हुने सोचमा रहेको बताएका छन् । सिड्नीमा आयोजना गरिएको कार्यक्रममा कुशललाई नगद सहित सम्मान गरिएको हो ।

खेलाडी पलायनको विषयमा सोधिएको प्रश्नमा कुशलले भने , ‘अब क्रिकेट खेलेर जीवनयापन गर्न सक्ने दिन आइसकेको छ । हिजोको दिनमा अष्ट्रेलिया आउने मेरो सोच पनि थियो । तर अहिले क्रिकेटले जीवनमा फरक मोडमा ल्याइदिएको छ ।’ कुशल भुर्तेल अहिले अस्ट्रेलियामा छन् । अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट खेल्न भुर्तेल अस्ट्रेलिया आएका हुन् ।

करिब २ महिना अस्ट्रेलिया बसाईमा उनले अनुभव बटुल्नुका साथै क्लबबाट खेल्दा आफ्नो खेल कौशल अझ बलियो हुने आशा राखे ।उनले जनवरीको अन्त्यसम्म क्लबबाट खेल्नेछन् । त्यसपछि उनी राष्ट्रिय टिमबाट खेल्नका लागि नेपाल फर्कनेछन् ।

फ्रान्कस्टोन अस्ट्रेलियाको भिक्टोरिया राज्यको शीर्ष क्लब मध्ये एक हो । क्लबले भिक्टोरियाको शीर्ष प्रतियोगिता खेलिरहेको छ । यही क्लबबाट अस्ट्रेलियाका टेस्ट क्रिकेटर स्कट बोलान्डको ’होम क्लब’ हो । क्लबमा रहँदा कुशलले एकदिवसीय र टी–२० खेलमा सहभागिता जनाउनेछन्। क्लबले भिक्टोरिया प्रिमियर क्रिकेटअन्तर्गतका विभिन्न राज्यस्तरीय प्रतियोगिता खेलिरहेको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top