Nepal Times
Nepal Times
3
Shares

चीनले ल्यायो मर्सेडिज–बेच्जको लक्जरी कार, ३ मिनेटमै चार्ज

चीनले ल्यायो मर्सेडिज–बेच्जको लक्जरी कार, ३ मिनेटमै चार्ज

९ पुष , एजेन्सी ।

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी निओ इंकले नयाँ फ्ल्यागसिप सेडान कार सार्वजनिक गरेको छ । कस्टोमर इभेन्टको अवसर पारेर शनिबार निओले नयाँ कार सार्वजनिक गरेको हो ।निओको नयाँ कारलाई पोर्साको पानामेरा सेरिज र मर्सेडिज–बेच्जको लक्जरी एस रेन्जको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

ईटी नाइन नाम दिइएको चार सिटे सेडान कारको डेलिभरी सन् २०२५ को पहिलो त्रैमासिकबाट सुरु हुने अपेक्षा गरिएको छ । यसको मूल्य करिब १ लाख १२ हजार अमेरिकी डलर (८ लाख चिनियाँ युआन) हुने अनुमान गरिएको छ । यो टेस्लाको मोडल एस भन्दा पनि महँगो हुनेछ ।

जसको मूल्य चीनमा ६ लाख ९८ हजार ९ सय युआनबाट सुरु हुन्छ । यो मोडलमा निओले आफैँले विकास गरेको पाँच–न्यानोमिटर अटोमोटिभ–ग्रेड चिप र ठूलो बेलनाकार ब्याट्री हुने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विलियम लीले निओ डे कार्यक्रममा बताए ।

यो मोडल ९ सय भोल्टेजको अल्ट्रा–फास्ट चार्जिङ प्लेटफर्मको लागि पनि उपयुक्त हुनेछ जसले यसको रेन्ज पाँच मिनेटमा २५५ किलोमिटरसम्म एक्सटेन्ड गर्न सक्छ । ‘१०० भन्दा बढी निओ फुल–स्ट्याक टेक्नोलोजीहरू इन्टेग्रेट गरिएको निओ ईटी नाइन इनोभेसन र प्राविधिक विकासको नयाँ उचाइमा रहेको छ,’ लीले कार्यक्रममा भने ।

निओले आफ्नो लेटेस्ट जेनेरेसनको निओ पावर स्वाप स्टेसनहरु पनि प्रस्तुत गरेको छ । जसमा ३ मिनेट भित्रै चार्ज सकिएको ब्याट्रीसँग रि–चार्ज गरिएको ब्याट्रीलाई फेर्न सकिनेछ। कम्पनीका अनुसार लेटेस्ट जेनेरेसनको ब्याट्री धेरै ब्रान्डहरूसँग मिल्नेछ भने ब्याट्री साट्न लाग्ने समय २२ प्रतिशतले घट्नेछ ।

कम्पनीले २०२३ मा १ हजार पावर स्वाप स्टेसन निर्माण गर्ने आफ्नो लक्ष्य पनि पूरा गरिसकेको छ । त्यस्तै कम्पनीले अर्को वर्ष थप १ हजार स्टेसन र २० हजार चार्जर थप्ने लक्ष्य लिएको छ । ग्राहकको रेन्ज कम दिने चिन्तालाई सम्बोधन गर्न कम्पनीले भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न जारी राखेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.