४ दिन फ्रान्समा रोकिएको विमान भारत किन ल्याइयो ?

१० पुष , एजेन्सी ।
मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको ३०३ यात्रु बोकेको चार्टर विमान मंगलबार मुम्बई विमानस्थलमा अवतरण गरेको छ । उक्त विमानमा अधिकांश भारतीय यात्रु थिए । युएईबाट मध्य अमेरिकी देश निकारागुआका लागि उडेको चार्टर्ड एयरबस ए३४० विमान इन्धन भर्नका लागि फ्रान्सको राजधानी पेरिसबाट १३० किलोमिटर पूर्वमा रहेको भेत्री विमानस्थलमा रोकिएको थियो ।

विमानमा रहेका केही यात्रुहरू ‘मानव तस्करीको सिकार’ हुनसक्छन् भन्ने अज्ञात सूचनाको आधारमा विमान रोकिएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । विमानमा सवार दुई नाबालिगसहित ५० जनाले फ्रान्समा शरण लिन इच्छा व्यक्त गरेपछि उनीलाई भेत्री विमानस्थलमै झारिएको थियो । थप अनुसन्धानका लागि फ्रान्समा दुई संदिग्ध तस्करलाई पनि पक्राउ गरिएको छ ।

लेजेन्ड एयरलाइन्सको उडान स्थानीय समय अनुसार मंगलबार बिहान मुम्बईमा अवतरण भएको थियो । विमानमा सवार अधिकांश भारतीय नागरिक युएईमा कार्यरत थिए । यात्रुमध्ये एक तिहाइ गुजरातका रहेको बताइएको छ । उडानलाई निकारागुआको सट्टा मुम्बई किन डाइभर्ट गरियो भन्ने खुल्न सकेको छैन ।

Advertisement

अनलाइन उडान ट्र्याकर फ्लाइटराडरका अनुसार, लेजेन्ड एयरलाइन्स चारवटा विमान भएको रोमानियाली चार्टर एयरलाइन्स हो । फ्रान्समा मानव बेचबिखनमा २० वर्षसम्मको सजायको व्यवस्था छ । रिपोर्टका अनुसार भारतीय यात्रुहरूले मध्य अमेरिका पुग्नको लागि यात्राको योजना बनाएको हुन सक्छ, जहाँबाट उनीहरूले अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने प्रयास गरेको हुन सक्छ ।

निकारागुआ अमेरिका प्रवेश गर्न खोज्ने गैरकानुनी आप्रवासीहरूको लागि आश्रयस्थल हो। हरेक वर्ष ठूलो संख्यामा अवैध आप्रवासीहरू यो देश हुँदै अमेरिकी सीमातर्फ जाने गर्छन्। बाटोमा उनीहरूले मध्य अमेरिकाका धेरै देशहरू पार गर्नुपर्छ, जसमध्ये प्रमुख होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुन्। यस अवधिमा यी आप्रवासीहरूले धेरै कठिनाइहरू पनि सामना गर्नुपर्छ । जसमा गिरफ्तारी, डकैती, हत्याको जोखिम पनि हुन्छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top