Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

१० पौष, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

साँझ ५ बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

उनी गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । लगत्तै उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सरकारले बितेको एक वर्षमा गरेका काम र प्रयासबारे जानकारी दिन प्रधानमन्त्ती प्रचण्डले सम्बोधन गर्न लागेको प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.