Nepal Times
Nepal Times
3
Shares

आज नेप्सेमा सामान्य अंकको गिरावट

आज नेप्सेमा सामान्य अंकको गिरावट

१२ पुष ,काठमाडौँ ।
साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । अघिल्लो नेप्से सूचक १७ अंकले घट्दै २०७० अंकमा अडिएको थियो ।आज उक्त अंकमा जम्मा १.९३ अंकको मात्र गिरावट हुँदै २०६८.९० अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज कारोबार रकममा समेत केही गिरावट आउँदै ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।१७ अंकले नेप्से सूचक घटेको अघिल्लो दिन ५ अर्ब २४ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज होटल तथा पर्यटन समूह, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य सूचक समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

आज भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ९ वटा कम्पनीको मूल्य ८ प्रतिशत माथिले बढेका छन् । यता धौलागिरी लघुवित्त वित्तीय संस्था र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने समान १० प्रतिशतले घटेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.