रुस र अमेरिकाः धर्तीमा झगडा, अन्तरिक्षमा मिलन

१३ पुष, एजेन्सी ।

रुस र अमेरिका कयौं मुद्याहरुमा कट्टर विरोधी, कडा प्रतिस्पर्धी भएपनि, युक्रेनमा जारी युद्धलाई लिएर त अप्रत्यक्षरुपमा मैदानमै आएपनि यी दुई मुलुक अन्तरिक्षमा भने अहिलेसम्म साथै रहेका छन् । अझै केही वर्ष उनीहरुले यो साथलाई निरन्तरता दिने पनि प्रतिबद्धता जनाएका छन् ।

रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीहरू कम्तीमा पनि सन् २०२५ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दललाई पु¥याउनका लागि मिलेर काम गर्न सहमत भएको रुसी निगम रोस्कोस्मोसले बताएको छ । एउटै अन्तरिक्ष यानमा विभिन्न राष्ट्रियताका चालक दल सहभागी गराएर पठाइने कथित क्रस–फ्लाइटहरू समावेश भएको अन्तरिक्ष क्षेत्र रुसले युक्रेनमा सेना पठाएपछि मस्को र वाशिङ्टनबीच सहयोगको एउटा दुर्लभ क्षेत्र हो ।

Advertisement

‘सन् २०२५ सम्म क्रस–फ्लाइट जारी राख्नेबारे सम्झौता भएको छ’, रोस्कोस्मोसले विज्ञप्तिमा भनेको छ, ‘यो निर्णय समग्ररूपमा आईएसएसको विश्वसनीयतालाई कायम राख्न लिइएको थियो, यसको उद्देश्य रुसी खण्डमा रोस्कोस्मोसको कम्तीमा एक प्रतिनिधिको उपस्थिति र अमेरिकी खण्डमा नासाको कम्तीमा एक प्रतिनिधिको उपस्थितिलाई ग्यारेन्टी गर्नु हो ।’

शीत युद्ध ‘स्पेस रेस’ पछि अमेरिका–रुस सहयोग बढेको समयमा सन् १९९८ मा आईएसएस शुरु भएको थियो । आईएसएसका साझेदारहरू अमेरिका, रुस, युरोप, क्यानाडा र जापान अहिले सन् २०२४ सम्म मात्र परिक्रमा प्रयोगशाला सञ्चालन गर्न प्रतिबद्ध छन् ।

Advertisement

यद्यपि अमेरिकी अधिकारीहरूले यसलाई सन् २०३० सम्म जारी राख्न चाहेको बताएका छन् । रुसले सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको प्रयोग गर्ने योजना बनाएको अप्रिलमा बताएको थियो । यो सन् २०२४ पछि परिक्रमा प्रयोगशाला छाड्ने रुसको पूर्वघोषणाको विपरीत हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top