Nepal Times
Nepal Times
3
Shares

रोनाल्डो ५ औं पटक वर्षकै सर्वाधिक गोलकर्ता

रोनाल्डो ५ औं पटक वर्षकै सर्वाधिक गोलकर्ता

१५ पुष, एजेन्सी ।
पोर्चुगलका विश्व स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बनेका छन् । साउदी अरेबियाको अल नासरबाट व्यवसासिक खेल खेलिरहेका रोनाल्डो ५४ गोलसहित यस वर्षको विश्वकै उच्च गोलकर्ता बनेका हुन् । साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल गर्न सफल भएका हुन् ।

पोर्चुगिज फरवार्डले क्लब र देशका लागि ५९ वटा औपचारिक खेल प्रतियोगितामा ५४ गोल गरेका हुन् । योसँगै उनले बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेनका किलियान एम्बाप्पेको ५२ गोल तथा म्यानचेस्टर सिटीका अर्लिङ हालान्डको ५० गोलको आँकडालाई उछिनेका हुन् ।

अब यीमध्ये कुनै पनि खेलाडीले सन् २०२३ मा अर्को खेल खेल्ने छैनन् । रोनाल्डो वर्षको सर्वाधिक गोलकर्ता बनेको यो पाँचौँ पटक हो । यसअघि उनले सन् २०११, २०१३, २०१४ र २०१५ मा रियल मड्रिडमा रहँदा यो उपलब्धि हासिल गरेका छन् । सन् २०१६ पछि उनले यति धेरै गोल गरेको पहिलोपटक हो ।

त्यतिबेला ५५ गोल गर्दै उनले पाँचौँ बालोन डी’ ओरको उपाधि जितेका थिए । ३८ वर्षीय रोनाल्डो लेआफ्नो उपलब्धिबारे इन्सटाग्राममा लेखेका छन्, ‘५४..यो कहिले अन्त्य हुन्छ, म भन्नेछु । धन्यवाद टिम !’ उनको पछिल्लो गोल म्यानचेस्टर युनाइटेडबाट साउदी क्लब अल नासरसँग आबद्ध भएको ठ्याक्कै एक वर्षमा आएको हो ।

शनिबारको खेलको दोस्रो मिनेटमा रोनाल्डोले ६ यार्ड टाढाबाट हेड गर्दा मार्सेलो ब्रोजोभिक, अमेरिक लापोर्टे र ओटाभियोले गोल गर्दै अल नासरलाई ४–१ को अग्रता दिलाएका थिए । यो सिजन अहिलेसम्म १८ लिग खेलमा उनको २० औं गोल थियो। जितसँगै अल नासर १९ खेलबाट ४६ अंकसहित साउदी प्रो लिगको दोस्रो स्थानमा छ । यो टोली अल हिलालभन्दा ७ अंकले पछाडि छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.