भारतबाट ९५ हजार टन मोटा चामल नेपाल भित्रिने

१४ पुस ८०, आइतबार

१५ पुष, काठमाण्डौ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट चामल आयात गर्न सरकारी संस्थानसहित निजी क्षेत्रलाई अनुमति प्रदान गरेको छ । सरकारको आग्रहमा भारत सरकारले ९५ हजार टन चामल नेपाललाई उपलब्ध गराएको छ । नेपालमा जिरा मसिनो चामलको अत्यधिक खपत भए पनि भारतले भने मोटा चामल उपलब्ध गराएको छ ।

मन्त्रालयले आइतबार नै सार्वजनिक सूचना जारी गरी भारत सरकारले नेपाललाई बास्मती ह्वाइट राइसबाहेकको चामल निर्यात गर्न अनुमति प्रदान गरेको बताएको थियो । सूचनाअनुसार पहिले जो आउँछ (फर्स्ट कम फर्स्ट सर्भिस) का आधारमा भारत सरकारका निकायबाट चामल खरिद गरी ल्याउन पाउने व्यवस्था गरिएको छ ।

९५ हजार टनमध्ये मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २० हजार टन र १० हजार टन साल्ट ट्रेडिङलाई आयात गर्न अनुमति प्रदान गरेको छ । बाँकी ६५ हजार टन निजी क्षेत्रलाई ल्याउन अनुमति प्रदान गरिएको छ । भारतले सर्त राखेर चामल उपलब्ध गराउनेछ ।

Advertisement

उद्योगी वा व्यापारीले चामल आयात गर्दा एकपटकमा २ हजार ६ सय टनभन्दा कम परिमाणमा उपलब्ध गराउन नसक्ने सर्त तोकिएको हो । भारतले ढुवानी खर्च कम गर्न यो सर्त तोकेको जनाएको छ । केही दिन अघिमात्रै नेपाल चामल, तेल, दाल उद्योगले चालु आर्थिक वर्षमा धानको अभाव हुँदा १० लाख टन धान भन्सार छुटमा भारतबाट आयात गर्न सरकारसँग अनुमति माग गरेको थियो ।

सरकारले गत साउनमा भारतसँग ११ लाख ५० हजार टन खाद्यान्न माग गरेको थियो । १ लाख टन चामल, ५० हजार टन चिनी र १० लाख टन धान उपलब्ध गराइदिन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई आग्रह गरेको थियो । भारतले लगाएको निर्यात प्रतिबन्धका कारण नेपाली बजार प्रभावित हुन सक्ने भन्दै ती सामग्री उपलब्ध गराइदिन आग्रह गरिएको थियो । भारतले गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top